शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

मोटोपनाबाट मुक्ति

ओम बानियाँ
2 weeks ago
01/12/2018

मोटोपनाबाट मुक्ति


ओम बानियाँ

मोटो, भद्दा र थलथल शरीर प्रायः कसैलाई मन पर्दैन । तर मनोवैज्ञानिक रूपमा हेर्ने हो भने मानिसको शरीर जस्तो छ त्यसैमा ऊ आनन्दित भएकाले नै मानिस त्यस्तो देखिन्छ । सिधा शब्दमा भन्ने हो भने मानिस दुब्लाउन चाहेर होइन कि मोटाउन चाहेर नै मोटाउने गर्छन् । अर्को उल्लेखनीय कुरा के भने मोटोपनाको परिभाषा हरेक समाज र संस्कृतिमा फरकफरक हुने गर्छ । तर, सामान्यतया शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनु तथा पेट बढ्नु नै मोटोपन हो ।

शरीरमा मोटोपना छ, छैन पत्ता लगाउनका लागि तौल र उचाइमा आधारित बडी मास इन्डेक्स (बीएमआई) नापको उपयोग गरिन्छ । यसले कुनै पनि व्यक्ति कम तौलको, सामान्य तौलको, बढी तौलको या अत्यधिक तौलको के छ त्यो सजिलै पत्ता लाग्दछ । शरीरको तौललाई उचाइ (सेन्टिमिटर)ले दुईपटक भाग गर्दा आउने अंक नै बडिमास इन्डेक्स (बीएमआई) हो । बीएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ । तर, सूचक ४० भन्दा बढी हुनुलाई अत्यधिक मोटोपनका रूपमा लिइन्छ ।
त्यस्तै, कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९० (३५.५इन्च) सेन्टिमिटरभन्दा थोरै हुनुलाई सामान्य मानिन्छ । त्योभन्दा बढी भए मोटोपना मानिन्छ । पेट लाग्यो भने कम्मरभन्दा माथिको भागमा मोटोपना देखिन्छ । ३० वर्षभन्दा बढी उमेर भएका र व्यायाम नगर्ने निष्क्रिय जीवनशैली भएका व्यक्तिको शरीरको तौल र पेटको गोलाइ (नाइटोनिर) आवश्यकभन्दा बढी हुने गर्छ ।

मोटोपनाले उब्जाउने समस्या

अधिकांश मानिसको दृष्टिमा मोटोपनाले मानिसको शारीरिक सौन्दर्य घटाउ“छ । प्रायः मानिसलाई स्लिम शरीरवाला व्यक्ति नै सुन्दर लाग्दछ । तौल बढी भएका तथा पेट बढेका व्यक्तिहरू वास्तविक उमेरभन्दा धेरै बूढो देखिन्छन् ।
प्रमुख कुरा मोटोपनाले गर्दा अनेक खालका रोगहरू लाग्ने सम्भावना हुन्छ । जस्तै मधुमेह, मुटुरोग, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, हृदयाघात, स्ट्रोक, दम, कफ, स्वा“स्वा“ हुने र श्वासप्रश्वासमा समस्या, महिनावारी गडबडी, थाइरोडिज्म, मानसिक रोग तथा निद्रामा हुने श्वास अवरोध आदि ।

 

मोटोपनाका कारण

मोटोपनाको प्रमुख कारण गलत आहारविहार हो, अस्वस्थ जीवनशैली हो । वंशानुगत रूपमा पनि यो समस्या देखा पर्न सक्दछ । धेरैजसो मानिस मोटाउनुका पछाडिको कारण सामान्य छ, धेरै खानु र थोरै परिश्रम गर्नु । लामो समयसम्म डिप्रेसन आदि रोगहरूको औषधि सेवन गर्नाले पनि मोटापना बढ्ने गर्छ । हर्मोनको उतारचढाव कारणले पनि मोटाइने केही घटना हुन सक्छन्््् । जस्तो कि थाइरोइड हर्मोनको कमीका कारण पनि मोटाउने सम्भावना हुन्छ । आमाले शिशुलाई स्तनपान नगराएर पाउडर दूध खुवाउ“दा पनि बच्चाको तौल अस्वाभाविक रूपमा बढ्ने सम्भावना हुन्छ । बच्चा छ“दा अथवा किशोर छ“दा बढी तौलको भएको खण्डमा वयस्क छ“दा पनि बढी तौलको हुने सम्भावना हुन्छ ।

यदि गर्भावस्थामा आमाले अस्वस्थकर खानेकुरा खाने गरेको खण्डमा पनि बच्चा पछि गएर मोटो हुने सम्भावना हुन्छ । व्यायाम नगर्ने, फास्टफुड, जंकफुड, अत्याधिक चिल्लो नुनिलो र गुलियो खाद्यपदार्थ अत्याधिक सेवन गर्ने व्यक्तिहरू मोटाउने गर्छन् । हाइपोथाइरोडिज्म भएका महिलाहरूमा पनि मोटोपना देखिन्छ । यस्ता महिला थोरै खाना खाए पनि मोटाइ हाल्छन् ।
शरीरमा पानी जमेर (वाटर रिटेङ्सन भएर) पनि तौल बढ्ने गर्छ । अध्यधिक तौलको थलथल शरीरका व्यक्तिहरूमा यो समस्या देखिने गर्छ । पानी मात्र खाए पनि शरीर लाग्ने कारण पनि यही हो । यदि यसरी शरीरको तौल बढेको छ भने तौल घटाउन निकै गाह्रो हुन्छ । यस्ता व्यक्तिहरू मनोवैज्ञानिक रूपमा मोटोपनाबाट हारिसकेका हुन्छन्््् । त्यसैले मोटोपनाको बेफाइदा थाहा ह“‘ुदाह“ु‘दै पनि मोेटोपना घटाउनेतिर ध्यानै दि“दैनन् ।

मोटोपनाबाट मुक्ति

मोटोपनाबाट मुक्ति पाउन गाह्रो भए तापनि असम्भव छैन । मोटोपना घटाउने अनेक तरिकाहरू छन् । त्यसो त अत्यधिक मोटाइबाट मुक्ति पाउनका लागि केही औषधि सेवन तथा शल्यक्रिया पनि महŒवपूर्ण विकल्प हुन सक्छन् । तर, यी तरिकाहरू सधैं र सबैका लागि ठीक नै हुन्छन् भन्ने छैन । यी उपाय मह“गा पनि छन् र सजिलै प्राप्त गर्न पनि सम्भव हु“दैन । तौल घटाउने हर्बल तथा आयुर्वेदिक औषधिहरू पनि त्यति सुरक्षित मानि“दैनन् ।
वास्तवमा मोटापना घटाउन प्रयोगमा ल्याइने धेरै जसो उपायहरू सामान्य र संसारभर उपयोग गर्न सकिने खालका छन् । थोरै खानु, धेरै हि“ड्नु । यो नै तौल घटाउने सर्वोत्तम उपाय हो । नियमित रूपमा गरिने शारीरिक परिश्रमले तौल घटाउन मद्दत गर्दछ । छिटछिटो हि“ड्नु, उफ्रनु, नाच्नु, बगैंचामा काम गर्न या बसेका बेलामा सामान्य रूपले हातको व्यायाम गर्नाले पनि तौल घटाउने काममा सघाउ“छन् ।

मुख्य कुरा खाएको कुराबाट प्राप्त क्यालोरीलाई परिश्रम गरेर खर्च गर्ने हो । त्यसपछि थप क्रियाकलाप गरियो भने त्यसले मोटोपना घटाउने काम गर्छ । ‘स्लिम’ रहन दिउ“सो हल्का खाजा खाने र बेलुकी कम खानुपर्छ । बेलुका टन्न खानेहरूलाई मोटोपनले सताउन सक्छ । भोक लाग्दा कम क्यालोरी दिने खाद्यपदार्थ जस्तै गा“जर, का“क्रो, कागतीको सर्वत खानु ठीक हुन्छ । बिहानको लन्चमा ओट्स, गहु“ तथा मकैको च्याँख्लाको भात वा ब्राउन राइस खाने गर्नुपर्छ ।
मिठाई, गुलियो जुस र तेल बढी मात्रा भएका परिकार सेवन गर्नुहु“दैन । बेलुकाको डिनर बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खाएको कम्तीमा पनि ३ घण्टापछि मात्र सुत्नु उपयुक्त हुन्छ ।

 

 

शरीरमा पानी जमेर पनि तौल बढ्ने गर्छ । अत्यधिक तौलका व्यक्तिमा यो समस्या देखिने गर्छ । पानी मात्र खाए पनि शरीर लाग्ने कारण पनि यही हो । यदि यसरी शरीरको तौल बढेको छ भने तौल घटाउन निकै गाह्रो हुन्छ

 

 

एक दिनमा कम्तीमा पनि ५ प्रकारका फलफूल र सागसब्जी खानुपर्दछ । फलफूल र सागसब्जी बढी र अनाजहरू कम खानुपर्दछ । धेरै लामो समयसम्म खाली पेट बस्नुहु“दैन । खाली पेटमा चिया खानुहु“दैन जसले गर्दा ग्यास्ट्राइटिस हुन्छ । रेसादार खाद्यान्न राम्रो हुन्छ ।जस्तै गहु“, कोदो, आलु, चामल र साथमा फलफूल र सागसब्जी । तौल घटाउन रातो र बोसोयुक्त मासु, चिल्लो बढी भएको दूध, चिज, झानेको वा तारेको खानाहरू खानुहु“दैन । हप्तामा दुईपटक माछा खा“दा राम्रो हुन्छ । माछाभित्र भएको चिल्लो लाभदायक हुन्छ ।
मासु खा“दा सकेसम्म सेतो मासु जस्तै ः कुखुरा, अस्ट्रिच तथा इमु आदिको मासु बढी प्रयोग गर्न ठीक हुन्छ । खानामा बढी नुनको प्रयोग नगर्ने, नुनिला तथा प्याकेटका खानेकुराहरू सकेसम्म नखाने । खाना दिनको तीनपटक खा“दा उत्तम हुन्छ । खाना विस्तारै खुब चपाएर खानुपर्दछ ।

मोटो व्यक्तिले तौल सन्तुलनमा ल्याउन खाना जस्तै व्यायाममा पनि ध्यान दिनुपर्छ । बिहान सबेरै हि“ड्ने, दौडिने वा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । मोटोपना भएका व्यक्तिले एरोबिक व्यायाम गर्नु उपयुक्त हुन्छ ।
यस व्यायामअन्तर्गत हिड्ने, दौडने, फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, पौडी, साइकल चलाउने र परेड खेल्नेलगायतका पर्छन् । व्यायामले असल कोलेस्टेरोल (एचडीएल) बढाउ“छ भने खराब कोलेस्टेरोल (एलडीएल तथा ट्रिग्लेसराइड) मा कमी ल्याउ“छ । वजन घटाउन सहयोग गर्छ । गणितीय हिसाबमा एक किलो वजन घटाउन ७ हजार ५ सय क्यालोरी ऊर्जा शरीरबाट बाहिर निकाल्नुपर्छ । यदि पसिना आउने गरी आधा घण्टा दौड्ने हो भने २ सयदेखि ३ सय क्यालोरी ऊर्जा खर्च हुन्छ ।

नियमित आधा घण्टा व्यायाम गर्न सकेमा एक महिनामा कमसेकम एक किलो वजन घटाउन सकिन्छ । तर, खानपिनमा ध्यान नदिई खानाबाट ऊर्जा थप्दै जाने हो भने मोटोपना घटाउन व्यायाम गर्नुको औचित्य हु“दैन । खेलाडीको तौल धेरै हुन्छ तर उनीहरूको पेट थलथल र भुक्क उक्सिएको भने हु“दैन । शरीरको बोसोले भन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ । शरीरमा पानी जमेर (वाटर रिटेङ्सन भएर) तौल बढेको छ भने तौल घटाउन सोडियम तथा कार्बोहाइड्रेटको सेवन कम गर्नुपर्छ, बढी पानी पिउनुपर्छ । अल्कोहल बन्द गर्नुपर्छ । यस्ता व्यक्तिले दिनहु“ पसिना निकाल्ने गरी व्यायाम गर्ने, कैनबैरी जुस पिउने तथा कुरिलो सेवन गर्ने गर्नुपर्छ ।
यहा“ उल्लेखनीय कुरा के भने यस्ता व्यक्तिले तौल घटाउने नाममा खाना नखाई एकैचोटि ह्वात्तै तौल घटाउन हु“दैन, विस्तारै विस्तारै तौललाई नियन्त्रणमा ल्याउनुपर्छ । एकैचोटि ह्वात्तै वजन घटाउ“दा अन्य दीर्घ रोग लाग्ने सम्भावना हुन्छ । सातामा आधादेखि एक किलो तथा एक महिनामा दुईदेखि चार केजी वजन भने घटाउन सकिन्छ ।

अन्त्यमा

निचोडमा भन्नु पर्दा जीवनशैली परिवर्तन गरेर तौल नियन्त्रणमा राख्नु सर्वोत्तम उपाय हो भने मोटोपना हुन नदिने किसिमले सुरुमै स्वस्थ जीवनशैली अपनाउनु बुद्धिमानी हो । अतः स्वस्थ जीवनशैली, सन्तुलित खाना, व्यायामसहित चिन्तामुक्त दिनचर्या अपनाउने हो भने मोटोपनबाट मुक्ति पाउन सकिन्छ । तर, यति गर्दा पनि कतिपय मानिसको तौल घट्दैन । यसका दुई कारण हुन सक्छन्, एक हो, वाटर वैट र अर्को माटोपनको मनोविज्ञान । अधिकांश मानिसको यस कारण वजन घट्दैन कि उनीहरू भित्रदेखि मोटोपना घटाउन चाह“दैनन्, मोटोपनामा नै मस्त रहन चाहन्छन् । त्यसैले यस्ता व्यक्तिहरूको तौल घटाउन मनोवैज्ञानिक उपचार आवश्यक हुन्छ ।

 

(Visited 170 times, 1 visits today)