शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत, १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने

सागर पण्डित
2 weeks ago
04/12/2018

काठमाडौं। सरकारले संघीयता कार्यान्वयनको महत्वपुर्ण र पेचिलो विषयको रुपमा रहेको बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार राती सिहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको हो । सरकारको यो निर्णय सँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरि १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भएको जलवायू सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई वुधवार नेपाल फर्केलगत्तै सो अध्यादेश प्रमाणीकरण हुनेछ । अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा सुचना प्रकाशन भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया थाल्ने जनाएको छ । जस अनुसार यही साता मन्त्रालयले समायोजनमा जानका लागि कर्मचारीलाई सुुचना प्रकाशन गरि प्रक्रिया थाल्ने छ । समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिने छ ।

(Visited 9,461 times, 1 visits today)