शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

आँखाको नानी प्रत्यारोपण के हो ? (स्वास्थ्य टिप्स)

राजधानी समाचारदाता
1 week ago
05/12/2018

आँखाको नानी प्रत्यारोपण के हो ? (स्वास्थ्य टिप्स)

आँखाको डल्लो नभई आँखाको नानी मात्रै फेर्नुलाई आँखाको प्रत्यारोपण भनिन्छ  नानी प्रत्यारोपण

सर्वप्रथमः मृत व्यक्तिको आँखा संकलन गरिन्छ । तत्पश्चात् संकलित आँखाका नानीहरू चोटपटक लागेर गुमाइएका आँखाको दृष्टिमा पुनः ज्योति भर्न आँखाको नानी राख्ने गरिन्छ । त्यसका लागि मेची आँखा अस्पताल, बिर्तामोड, दृष्टि आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, लुम्बिनी आँखा अस्पताल, टिचिङ आँखा अस्पताल, पोखरा हिमालय आँखा अस्पताल, गेटा आँखा अस्पतालबाट आँखाको प्रत्यारोपण गर्न सकिन्छ ।
नेपालका मात्रै नागरिक नभएर छिमेकी राष्ट्र भारत, तिब्बत, दक्षिण अमेरिका, भुटानलगायतका देशका नागरिकले समेत आँखा प्रत्यारोपण गर्ने गरेका छन् । पहिले आँखा ल्याउन बाहिरी देशमा निर्भर रहनुपथ्र्यो । तर, अहिले नेपाल आफैंले आँखा प्रत्यारोपणका लागि नेपाल आत्मनिर्भर छ । आजभन्दा १० वर्षअघि विदेशबाट आँखाका नानीहरू लिनुपर्ने
अवस्था थियो ।

 

 

नानी प्रत्यारोपणमा प्राथमिकता

मुख्यतः १६ देखि २५ वर्षसम्मका किशोरीहरूलाई आँखा प्रत्यारोपणका लागि प्रथामिकता दिइएको छ । यसैगरी, बालबालिकालाई र वृद्धवृद्धालाई आँखा प्रत्यारोपणमा प्राथमिकता दिइएको छ । टाढाबाट आउनेहरूका लागिसमेत आँखा प्रत्यारोपणमा प्राथमिकता
दिइएको छ ।

खर्च कति

आँखा प्रत्यारोपणका लागि अस्पतालमा पुग्नेहरूलाई ५ हजार रुपैयाँ लाग्छ । यद्यपि गरिब र विपन्न वर्गका व्यक्तिलाई प्रत्यारोपणका लागि सो रकम नलाग्ने बताइएको छ । सो रकम आँखा प्रत्यारोपणका लागि नभई आँखाका लागि आवश्यक पर्ने औजार र औषधि किन्नमा खर्च गरिनुपर्ने हुन्छ ।

आँखाको नानी संकलन

मुख्यतः पशुपतिको आर्यघाट, टिचिङ अस्पताल, वीर अस्पताल र पाटन अपतालबाट संकलन गरिन्छ । त्यसका लागि प्रतिष्ठानले समूह परिचालन गरेको छ । आँखा बैंकले पशुपतिस्थित आर्यघाटबाट आँखाका नानी संकलन सुरु गरिएको हो ।

आँखाको नानी दान

आँखा दान कुनै पनि व्यक्ति जसको आँखा स्वस्थ छ । यसमा उमेर तथा आँखाको पावर कम र चस्मा लगाएको आदि कुराले कुनै बाधा गर्दैन । किनभने आँखा फेर्ने अथवा आँखाको प्रत्यारोपण भनेको आँखाको डल्लो नै फेर्ने नभई आँखाको नानीको मात्रै प्रत्यारोपण हो ।
कुनै पनि किसिमको रगतको माध्यमबाट सर्ने रोग नभएर जोसुकैले आँखाको नानी दान गर्न सक्छ । तर, एचआईभी, भिरंगीजस्ता रगतको माध्यमबाट सर्ने रोग लागेका मानिसको आँखाको नानी दान गरेर प्रत्यारोपण गर्न मिल्दैन ।

(Visited 67 times, 1 visits today)