सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

मुख्यमन्त्री लालबाबु राउत झाडु लिएर निस्किए

सुजीतकुमार झा
4 months ago
05/12/2018

जनकपुरधाम । रामजानकी विवाहपंचमी महोत्सवको अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा बुधवार जनकपुरधाममा वृहत सरसफाई गरिएको छ । विहानै मुख्यमन्त्री कुचो लिएर निस्केका थिए ।

सरसफाई कार्यक्रम रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, जनकचौक, रामानन्द चौक, पिराडी चौक, जनकपुर चुरोट कारखाना लगायतको सरसफाई गरिएको छ ।

सरसफाईमा मुख्यमन्त्री राउतका साथै भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, स्वच्छता अभियानी एवं प्रदेश सभा सदस्य राम अशिष यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरका उपप्रमुख रिता झा, मुख्यमन्त्री कार्यालयका सचिव लगायका टोली ,नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु लगायतका टोली र विद्यार्थीहरुको विशेष सहभागिता रहेको थियो ।

(Visited 104 times, 1 visits today)
Loading comments...