सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

निर्मला हत्या प्रकरण : शंकास्पद २२ वर्षीया युवा पक्राउ

सुरेश पन्त
6 months ago
05/12/2018

 महेन्द्रनगर । बलात्कारपछि हत्या भएको हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको १ सय ३० दिन बितिसक्दा समेत हत्यारा फेला नपरे पछि प्रहरीले बुधबार निर्मला पन्तको बलात्कार–हत्यामा संग्लन रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय एक युवकलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पर्ने युवकको नाम गोप्य राखिएको छ । पुष्टि नभएकाले प्रहरीले मंगलबार पक्राउ परेका युवकको बारेमा बताउन नखोजेको स्रोतले बतायो । साउन ११ गते निर्मलाको शव फेला परेकै दिन देखि घर छोडेर हिडेका युवकलाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ । लागू औषध र दुव्र्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेकोमा परिवारका सदस्यका अनुसार ति युवा भारतमा रहेको बताएका थिए । मंगलवार साँझ २२ बर्षीय ती युवा काठमाडौंमा फेला परेका हुन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको डीएनए रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ ।

यता कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने आफूलाई यसबारे कुनै जानकारी नरहेको बताए । हामी घटनाको अनुसन्धानमै छौ । ‘काठमाडौंमा पक्राउ परेको बारेमा आफुलाई जानकारी नभएको बताए ।

कञ्चनपुर प्रहरीले यसअघि निर्मला हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तनगर–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । निर्मला हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय चक्र बडुलाई पनि पक्राउ गरेको थियो । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छं । अरु केही पनि अनुसन्धानको घेरामा रहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

गत साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

(Visited 6,738 times, 1 visits today)
Loading comments...