शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

दुर्घटनामा सांसदका छोराको मृत्यु

राजधानी संवाददाता
4 months ago
05/12/2018

नवलपरासी । नवलपुरको प्रगतिनगरमा भएको स्कुटर दुर्घटनामा परी गण्डकी प्रदेशका सांसद ओमकला गौतमका छोराको निधन भएको छ ।

ना ३२ प ८३९० को स्कुटर पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१५ मा मंगलबार राति दुर्घटना हुँदा त्यसमा सवार कावासोती नगरपालिका–८ का नवीनराज गौतमको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते गौतमलाई चितवनको भरतपुर अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनाको कारण नखुलेको र सो घटनाबारे अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

(Visited 167 times, 1 visits today)
Loading comments...