शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

विद्यालय सुधारमा प्रधानाध्यापक

डा. देवीप्रसाद आचार्य
1 week ago
06/12/2018

विद्यालय सुधारमा प्रधानाध्यापक

डा. देवीप्रसाद आचार्य

नेपालमा सामुदायिक विद्यालय र निजी लगानीमा चलेका अंग्रेजी बोर्डिङ स्कुल सञ्चालित छन् । यी दुवै थरीका शिक्षालयमा एकीकृत राष्ट्रिय पाठ्यक्रम र पाठ्यपुस्तकहरू लागू भएका छन् । फरक यति छ कि निजी विद्यालयले आधारभूत शिक्षासम्म थप पाठ्यपुस्तकलाई पनि राखेर अंग्रेजी माध्यममा शिक्षण सिकाइ गर्दछन् । शिक्षाको गुणस्तरलाई परीक्षाको नतिजाका आधारमा मापन गर्ने हो भने निजी विद्यालयको नतिजा सरकारी विद्यालयको भन्दा अब्बल छ । यसर्थ, अभिभावकको रोजाइमा निजी विद्यालय नै अगाडि छन् ।

त्यसो त सबै सामुदायिक विद्यालयलाई एउटै बास्केटमा राख्न मिल्दैन । कतिपय सामुदायिक विद्यालय अब्बल पनि छन् । चुस्त प्रशासन, गुणस्तरीय शिक्षण सिकाइका साथै भौतिक सुविधा सम्पन्न विद्यालयको नतिजा राम्रो छ । तथापि, धेरै जसो सरकारी विद्यालयमा गणुस्तरीय शिक्षण सिकाइ हुन नसकेको तथ्यांकले पुष्टि गर्छ ।
काठमाडांै महानगरपालिकाले शैक्षिक सत्र २०७६ देखि सक्षम नेतृत्व दिएर विद्यालयलाई गुणस्तरीय शिक्षा दिन सफल भएका प्रधानाध्यापकलाई कमजोर व्यवस्थापन भएका विद्यालयमा एक्स्चेन्ज गरी सबै विद्यालयको शैक्षिक पठनपाठनलाई उकास्ने नीति लिएको छ । झट्ट सुन्दा राम्रो लाग्ने यो रणनीति कति व्यावहारिक र वैज्ञानिक होला, समयले देखाउला । राज्यले मुलुकका सम्पूर्ण विद्यालयमा प्रधानाध्यापकको पद ग्रहण गर्ने व्यक्ति योग्य, सक्षम र नेतृत्व सक्षमता भएको हुनु पर्ने मापदण्ड राख्न जरुरी छ ।

विद्यालयको चुस्त व्यवस्थापनका लागि प्रधानाध्यापकको ठूलो भूमिका रहन्छ । त्यसो त विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको भूमिका पनि कम महŒवपूर्ण हुँदैन । तथापि, प्रअमा सक्षम नेतृत्व क्षमता भएमा मात्र विद्यालयहरूमा गुणस्तरीय शिक्षण सिकाइ हुन सक्छ । सरकारी विद्यालयका शिक्षकले प्रशिक्षकबाट तालिममा सिकेका कुरा शिक्षण सिकाइमा अवलम्बन नगरेको जानकार बताउँछन् । विद्यार्थीको सिकाइ उपलब्धिको मापनले पनि यो करालाई पुष्टि गर्दछ । प्रअले शिक्षकहरूलाई नियमित बनाउने, विषयगत शिक्षकहरूले प्रभावकारी रूपमा पढाए नपढाएको मूल्यांकन गर्ने, उनीहरूका कमी कमजोरीहरूमा सल्लाह सुझाव दिने, विद्यार्थीहरूको मनोविज्ञानमा आधारित बालमैत्री पठनपाठन कामय गरी वैज्ञानिक मूल्यांकन गर्न सकेमा शिक्षण सिकाइ स्तरीय हुन सक्दछ । यसका लागि प्रधानाध्यापक योग्य हुन जरुरी हुन्छ ।

 

 

शिक्षा प्राज्ञिक थलो हो । राज्यले शिक्षा क्षेत्रको नीति, कार्यव्रmम तथा कार्य योजना बनाउ“दा विज्ञको विज्ञतालाई प्रयोग गर्नुपर्दछ । प्रअको नियुक्तिमा सक्षम व्यक्तिलाई प्रअ बनाउने मापदण्ड बनाउनुपर्दछ । प्रअले आपूmलाई समयसापेक्ष अपडेट राख्न सक्नुपर्दछ

 

 

 

प्रधानाध्यापकले विद्यालयमा भौतिक रूपमा सुविधासम्पन्न शिक्षण कक्षाहरूको व्यवस्थापन, विद्यार्थीका लागि खेल मैदान, विज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा, ई–शिक्षा, पुस्तकालय, खानेपानीको व्यवस्था, शौचालयको सुविधा, बालमैत्री शिक्षण सिकाइको व्यवस्था गर्नका साथै शिक्षक विद्यार्थी तथा शिक्षक अभिभावकका बीचमा छलफल, अन्तक्र्रिया एवं विचार आदानप्रदान गर्ने शैक्षिक क्रियाकलापहरू गर्न आवश्यक हुन्छ ।
यसका साथै विद्यालयमा विद्यार्थीलाई पढ्ने शैक्षिक वातावरण, शैक्षणिक सामग्रीहरूको उचित प्रयोग, सरल र अर्थपूर्ण शिक्षण, शिक्षक र विद्यार्थीबीचको मैत्रीपूर्ण व्यवहार, विद्यार्थीको पूर्वज्ञानको जग, उमेर, सिकाइ क्षमता आदिका आधारमा अध्ययन अध्यापन गर्ने र गराउने तौरतरिका लागू गर्न र गराउन प्रअ सक्षम हुन आवश्यक हुन्छ । यसैगरी, विद्यालय र समाजको सम्बन्धलाई सुमधुर बनाउन पनि प्रअको त्यत्तिकै भूमिका हुन्छ ।
विद्यार्थीहरूको सर्वांगीण विकासका लागि विद्यालयले महŒवपूर्ण भूमिका खेल्नुपर्दछ । सिकारुलाई पढाउने गुरुजनहरू सक्षम हुन सकेनन् भने विद्यार्थीलगायत देशको भविष्य अन्धकार हुन्छ । शिक्षा व्यक्ति, व्यक्तित्व र समाज विकासको भरपर्दो
आधार हो ।

नेल्सन मन्डेलाले ‘शिक्षा यस्तो शक्तिशाली साधन हो, जसको प्रयोगले तिमीले संसार बदल्न सक्दछौ’ भनेका छन् । शिक्षाले हाम्रा शिक्षार्थी, समुदाय र देशलाई बदल्न सकेन भने कसरी संसार बदल्न सक्छ ? शिक्षाविद् बोब् टल्वेर्ट्ले त ‘असल शिक्षकहरू अमूल्य हुन्छन् तर खराब शिक्षकले नोक्सान पु¥याउँछन्’ भनेका छन् । यसको अर्थ गुणस्तरीय शिक्षण सिकाइमा असफल शिक्षकहरूले व्यक्ति, समुदाय र राष्ट्रलाई नै नोक्सान पु¥याइरहेका हुन्छन् भन्ने अर्थ लाग्छ । यसरी हेर्दा विद्यालयमा असल शिक्षकको व्यवस्थापनका साथै पठनपाठनको व्यवस्थापनमा सक्षम प्रअको खाँचो महसुस हुन्छ ।
सक्षम शिक्षकले कुनै पनि पाठ्यक्रमका निर्धारित उद्देश्यहरू पूरा गराउन विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अपनाउनुपर्छ । यसो गर्दा शास्त्रीय शैलीको शिक्षण प्रयोगलाई बदलेर अभिनय, प्रदर्शन, अन्तत्र्रिmया, विद्यार्थी सहभागिता, सहपाठी अन्तक्र्रियाका साथै प्रविधिमैत्री शिक्षण सिकाइलाई जोड दिन आवश्यक हुन्छ । यसका साथै अध्यापन गराउने गुरुजनका आकर्षक व्यक्तित्व, स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, स्पष्ट वक्ता, सहयोगी, विनयशीलता, जिज्ञासुपनका साथै शिक्षणमा निपूर्णताजस्ता गुणहरूले युक्त हुनु आवश्यक ठानिन्छ ।

 

 

काठमाडांै महानगरपालिकाले शैक्षिक सत्र २०७६ देखि सक्षम नेतृत्व दिएर विद्यालयलाई गुणस्तरीय शिक्षा दिन सफल भएका प्रधानाध्यापकलाई कमजोर व्यवस्थापन भएका विद्यालयमा एक्सचेन्ज गरी सबै विद्यालयको शैक्षिक पठनपाठनलाई उकास्ने नीति लिएको छ । झट्ट सुन्दा राम्रो लाग्ने यो रणनीति कति व्यावहारिक र वैज्ञानिक होला,
समयले देखाउला

 

शिक्षण सिकाइको एउटा महŒवपूर्ण पाटो विद्यार्थीहरूको मनोविज्ञानमा आधारित शिक्षण कौशल हो । शिक्षणको मनोवैज्ञानिक पक्षले बालकेन्द्रित शिक्षण पद्धतिमा जोड दिन्छ । शिक्षकले शिक्षण सिकाइ गर्दा विद्यार्थीको अभिरुचि, व्यक्तिगत वा अन्य समस्यालगायत सिकाइलाई प्रभाव पार्ने तŒवहरूमा ध्यान दिनु आवश्यक ठानिन्छ । शिक्षाशास्त्री रोबर्ट फोस्टरले ‘शिक्षण सिकाइ शिक्षकमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला हो’ भनेका छन् । यो ज्ञान स्थानान्तरण कलाको सीप विद्यालयमा शिक्षण गर्ने सबै शिक्षकहरूमा हुनु अनिवार्य ठानिन्छ ।
देशका शिक्षालयहरू भोलिको समाजलाई आवश्यक पर्ने हरेक क्षेत्रका जनशक्ति उत्पादन गर्ने स्रोत केन्द्र हुन् । राज्यले शिक्षा क्षेत्रलाई समय सुहाउँदो बनाउन सकेन भने समाजका हरेक क्षेत्र कमजोर हुन्छन् ।

देशका विद्यालय भविष्यका सक्षम, वैज्ञानिक सुझबुझ भएका, सिर्जनशील, स्वावलम्बी, उद्यमशील, आर्थिक विकासमा टेवा पु¥याउने, अनुशासित, कर्तव्यनिष्ठ, प्रविधिमैत्री नागरिक उत्पादन हुन सक्दैनन् । यति महŒवपूर्ण ठाउँको नेतृत्व गर्ने विद्यालयका प्रधानाध्यापकलगायत अन्य विषयगत गुरुजन योग्य हुन नसकेमा शिक्षाको गुणस्तरमा ह्रास त आउँछ नै, देशको भविष्य कता जाला ?
हाम्रो देशको शिक्षामा आमूल परिवर्तनको खाँचो छ । शिक्षा क्षेत्रका कमीकमजोरी तथा विसंगतिहरूको शल्यक्रिया नगरी विद्यालय शिक्षाको सुधार हुनसक्ने अवस्था देखिँदैन । यसो गर्दा एकातिर शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्यांकन पद्घति र प्रक्रियामा परिवर्तन गर्नु जरुरी छ भने अर्कोतिर विद्यालयमा सक्षम प्रअ र शिक्षकको व्यवस्था गर्नु पनि त्यत्तिकै चुनौती छ । विद्यालयमा आएका विद्यार्थीलाई टिकाउन र सिकाउन विद्यालय सक्षम हुनुपर्छ ।

अहिले नेपालका सरकारी विद्यालयमा प्रअ नियुक्ति गर्दा सेवाको अवधिलाई मापदण्ड बनाइएको छ । प्रअ हुनका लागि के कस्तो शैक्षिक तथा व्यवस्थापकीय क्षमताको आवश्यकता हुन्छ भन्ने विषयको कुनै मापदण्ड नै छैन । शिक्षकमध्येबाट सबैभन्दा पुरानो व्यक्ति नै प्रअ हुने व्यवस्था भएकाले विद्यालयको गुणस्तर खस्कँदै गएको हो । अहिले पनि सक्षम प्रअ भएका विद्यालयहरूको गुणस्तर अब्बल नै रहेको तथ्यांकहरूले देखाउँछन् । तसर्थ, राज्यले विद्यालयमा क्षमतावान् प्रअको नियुक्ति गर्ने नीतिगत व्यवस्था गर्नु जरुरी देखिन्छ ।
अहिलकोे सन्दर्भमा विद्यालयको शैक्षिक सुधारमा आधुनिक शिक्षण सिकाइको अवलम्बन एउटा महŒवपूर्ण पक्ष हो । अहिले हाम्रा शिक्षालयमा प्रचलित शिक्षण पद्घतिमा कथाकथन, प्रश्नोत्तर, व्याख्यान, प्रवचन र घोकन्ते विद्याको शास्त्रीय शैली हावी छ । कतिपय विद्यालयमा पुरानो शिक्षण शैलीबाट बाहिर आउन नसकेका गुरुजनले विद्यार्थीहरूलाई तर्साउने, हप्काउने, दण्डसजाय दिने, मानसिक पीडा र त्रासमा राख्ने गरेका समाचार आउने गरेका छन् ।

विद्यार्थीहरूको रचनात्मक चिन्तनको विकासमा बाधा पु¥याउने यस्ता कार्य परम्परागत शिक्षण शैलीका आउट कम हुन् । यदि विद्यालयका हेडसर नै आजको युगमा सिक्न–सिकाउन र बुभ्mन–बुझाउन विविध प्रकारका सैद्घान्तिक, मनोवैज्ञानिक तथा प्रयोगात्मक विधिहरूको ज्ञान र सीपबाट बञ्चित छन् भने उनले विद्यालयमा कसरी गुणस्तरीय पठनपाठन गर्न र गराउन सक्दछन् ? यसमा राज्यलगायत शिक्षा क्षेत्रमा काम गर्ने सम्बन्धित व्यक्ति वा निकायको ध्यान गएको छ त ?
अन्त्यमा, शिक्षा प्राज्ञिक थलो हो । राज्यले शिक्षा क्षेत्रको नीति, कार्यव्रmम तथा कार्ययोजना बनाउँदा विज्ञहरूको विज्ञतालाई प्रयोग गर्नु पर्दछ । प्रअहरूको नियुक्तिमा सक्षम व्यक्तिलाई प्रअ बनाउने मापदण्ड बनाउनु पर्दछ । विद्यालयको प्रमुख पदमा रहेका प्रअले आपूmलाई समय सापेक्ष अपडेट राख्न सक्नु पर्दछ । यसो गर्दा समाजका शिक्षाविद्, बुद्धिजीवी, विचारक, लेखक, पाठ्क्रमविद्, मनोविद्लगायतका थिङ्क टयाङ्कहरूसँग सहकार्य गर्ने संकृतिको विकास गर्नु जरुरी छ ।

 

(Visited 40 times, 1 visits today)