शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

आन्तरिक स्रोत बढाउन सडकको सहयोग

राजधानी समाचारदाता
1 week ago
06/12/2018

 

 

पाल्पा ।  आन्तरिक स्रोत बढाउन सडकले सहयोग पु¥याएको छ । तानसेन नगरपालिकाले आफ्नो विकास योजनाहरूमध्ये सडक वर्षको रूपमा सडकका ठूला योजनाहरू सञ्चालन गरेको छ । नगरको महŒवपूर्ण योजनामध्ये तानसेन बौद्धगुम्बा हुँदै कालीगण्डकी कोरिडोर जोड्ने सडक एक हो । व्यापारिक हिसाबले खोलिएको झन्डै १३ किलोमिटर सडक ७ मिटर चौडा गरेर विस्तार गरिएको छ ।

पर्यटकीय र नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सहयोग पुग्ने विश्वास लिएर सडक विस्तार गरेको हो । रानी महल दरबार, रुरु ऋषिकेश, राम्दी धामलाई जोड्ने र कालीगण्डकीमा बनेको पक्की पुल सम्पन्न भएपनि सेतिवेनी शिलासंग धार्मिक पर्यटकलाई यो सडक उपयोगी हुने देखिएको छ । यो सडकले अन्तर जिल्लासँगै राष्ट्रिय गौरवको सडकसँग तानसेन नगरपालिकालाई जोड्ने भएकाले यसबाट पर्यटक, ठूला सवारी र आन्तरिक आय वृद्धिमा बल पुग्ने तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए ।

बौद्धगुम्बा रहेको मगर होमस्टे, तरकारी र पशुपालनको पकेट क्षेत्र बनेका अर्गली र बौद्धगुम्बाबाट बजारसम्म कृषि सामग्री ल्याउनसमेत सहज हुनेछ । जनश्रमदानसहित १ करोड ५० लाख खर्च गरेर निर्माण गरिएको सडकबाट कालीगण्डकीको बालु, गिट्टीलगायतका नदीजन्य वस्तु बजारसम्म आउनेछ । यस वर्ष करिब ४० लाख रुपैया“मा नदीजन्य वस्तु निकासीको ठेक्का भएको छ ।

कालीगण्डकीको नदीजन्य वस्तुसँगै बौद्धगुम्बा क्षेत्रका ढुंगा बजारसम्म पुग्ने र बुटवलबाट भन्दा कम मूल्य पर्ने भएकाले सडक निकै उपयोगी बनेको छ । तानसेन नगरका ३ वडासँगै स्याङ्जा, गुल्मी र पर्वतका बासिन्दालाई लाभ पुग्ने स्थानीय लिलाधर भट्टराईले बताए । सडक वर्षमा नगरपालिकाले ६७ किलोमिटर सडक निर्माण गरेको छ भने पर्यटकीय महŒवका सडकलाई प्राथमकितामा राखेको छ ।

(Visited 42 times, 1 visits today)