शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

कौशिला कुँवर
1 week ago
06/12/2018

 

काठमाडौं। सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी थालेको छ । यसअघि गत साल १९ देखि २० फागुन २०७३ मा पहिलोपटक लगानी सम्मेलन गरिएको थियो । अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको हो ।

सम्मेलन आउने मार्चको अन्तिम साता गर्ने तयारी भइरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न लगानीकर्तालाई नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने अनुभूति दिलाउन पुनः दोस्रो सम्मेलनको आयोजना गर्न लागेका हौं ।’

उनले सम्मेलनमा केही परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाइएको जानकारी दिए । उनले अगाडि भने, ‘सम्मेलन गर्ना साथ लगानी आउँछ भन्ने होइन । त्यसका लागि लगानीकर्ताले लगानी गर्ने क्षेत्रको लामो अध्ययन गरेर मात्र लगानी गर्ने गर्दछ ।’ अहिले विभिन्न देशका लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाइरहेका छन् । उनले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाउनु राम्रो भएको जनाए ।

उनले भने, ‘ठूला आयोजनाहरू भनेका एक÷दुई वर्षभित्रै आइहाल्छन् भन्ने हुँदैन । यसका लागि ६÷७ वर्ष पनि लाग्न सक्छ ।’ चार÷पाँच महिना वा एक वर्षको तथ्यांक हेरेर विदेशी लगानी घटे÷बढेको भन्न नमिल्ले उनले बताए । अहिले नयाँ संरचानामा सरकार गएको हुँदा विभिन्न नियम कानुन बनिरहेका छन् । सबै नीति नियम, ऐन कानुन बनिसकेपछि विदेशी लगानी भिœयाउन सहज हुने उनको भनाइ छ ।

अघिल्लो वर्ष गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न लगानीकर्तालाई नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने अनुभूति दिलाउन पुनः दोस्रो सम्मेलनको आयोजना गर्न लागिएको

 

 

२०७३ मा गरिएको लगानी प्रतिबद्धता

१.     चीन    ८ खर्ब ३० अर्ब

२.     बंगलादेश       २ खर्ब ४० अर्ब

३.     श्रीलंका  ५० अर्ब

४.     जापान  १ खर्ब

५.     बेलायत १ खर्ब

६.     भारत   ३१ अर्ब ७० करोड

७.     नेपालका लगानीकर्ता     १ अर्ब १५ करोड

 

 

 

लगानी प्रतिबद्धता अधुरै

सरकारले २०७३ अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको समयमा १४ खर्बको अगानी प्रतिबद्धता भएको भए पनि अधिकांश लगानी सरकारले भिœयाउन सकेको छैन । सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन १९ देखि २० फागुन २०७३ मा गरेको थियो । सो सम्मेलनमा २१ देशका २५० भन्दा धेरै लगानीकर्ता उपस्थित भएका थिए । सो सम्मेलनमा भारत, चीन, बंगलादेशलगायतका २१ वटा देशको उपस्थिति रहेको थियो । सम्मेलनमा विभिन्न देशका लगानीकर्ताले नेपालमा कविर १४ खर्बको नेपाल रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेको थियो । सो सम्मेलनमा सरकारले करिब १ खर्ब लगानीको मात्र अपेक्ष गरेको थियो ।

जसमध्येमा सबैभन्दा धेरै चीनबाट ८ खर्ब ८८ अर्ब रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता जनाइएको थियो ।  यस्तै बंगलादेशबाट २ खर्ब ५६ अर्ब, जापान र बेलायतबाट १ खर्ब, श्रीलंकाबाट ५३ अर्ब र भारतबाट झन्डै ३४ अर्ब रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

तर, सम्मेलनमा सोचेभन्दा निकै धेरै प्रतिबद्धता आए पनि सरकारले यसको सदुपयोग गर्न केही कदम चालेको देखिँदैन । त्यसलाई निरन्तरता नदिँदा १४ खर्ब रुपैयाँको प्रतिबद्धता बोलीमै सीमित भएको छ ।

सम्मेलनपछि समस्या सुधार तथा प्रतिबद्धताको कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगअन्तर्गत नीतिगत सुधार समिति, अर्थ मन्त्रालयको संयोजकत्वमा परियोजना बैंक परिमार्जन समिति, लगानी बोर्डको संयोजकत्वमा औद्योगिक प्रवद्र्धन समिति र उद्योग मन्त्रालयको संयोजकत्वमा समग्र समन्वय समिति गठन गरिएको थियो ।

 

 

 

 

 

 

 

(Visited 52 times, 1 visits today)