बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

ड्याफोडिललाई उपाधि

राजधानी समाचारदाता
5 months ago
06/12/2018

 

काठमाडौं ।  आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई पराजित गर्दै ड्याफोडिल ‘ए’ले तेस्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार उपाधि जितेको छ । ड्याफोडिलले आयोजकलाई आङफुर्वा शेर्पाको १९ ™ अंक मद्दतले ४६–२५ अंकले जित निकालेको हो ।

गल्र्सतर्फ भने एचएचसीए विजयी भयो । एचएचसीएले स्किब्सलाई ४६–२६ अंकले पराजित गर्दै ट्रफी उचालेको हो ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरमा ब्वाइजतर्फ ड्याफोडिलका आङफुर्वा शेर्पा र गल्र्सतर्फ एचएचसीएकी श्रीजा भुजेल रहिन् । विजयी टिम तथा खेलाडीलाई साउथ साइडर्स बास्केटबलका संस्थापक ऋषि रोवर्टचन र आयोजक स्कुलका प्रिन्सिपल हरि लामाले पुरस्कार वितरण गरेका थिए ।

(Visited 11 times, 1 visits today)
Loading comments...