शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

ईपीएलमा इंग्ल्यान्डका चियर लिडर्स

राजधानी समाचारदाता
1 week ago
06/12/2018

काठमाडौं ।

शनिबारबाट काठमाडौंमा सुरु हुने तेस्रो संस्करणको टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा इंग्ल्यान्डका चियर लिडर्स हुने  भएको छ ।

आयोजक ईपीएलले बुधबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै इंग्ल्यान्डका ६ चियर लिडर्सलाई सार्वजनिक गरिएको छ । ईपीएलमा आमदर्शकलाई मनोरञ्जन दिनका लागि पहिलोपटक विदेशी चियर लिडर्स नेपाल ल्याइएको आयोजकले जनाएको छ । दोस्रो संकरणमा नेपाली चियर लिडर्सले मनोरञ्जन दिएका थिए । यी ६ चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ । आफ्नो टोलीले चौका, छक्का, क्याच आउट, बोल्ड आउट, शतक, अर्धशतक प्रहारलगायत थुप्रै कुरामा लिडर्सले नाचेर मनोरञ्जन दिनेछन् । यी ६ लिडर्सले गत वर्ष आईपीएलको दिल्ली डेयर डेभिल्स र वेस्ट–इन्डिजमा सम्पन्न महिला विश्वकपको उद््घाटन खेलमा पनि मनोरञ्जन दिइसकेको ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा राष्ट्रिय तथा विराटनगरका कप्तान पारस खड्काले पहिलोपटक नेपाली क्रिकेटमा गरिएको यो प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास पुग्ने बताए । टीभीएस ईपीएलमा शनिबार विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सबीच उद्घाटन खेल हुनेछ ।

(Visited 55 times, 1 visits today)