शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

अधिकांश स्थानीय तह आयुर्वेद सेवाविहीन

राजधानी समाचारदाता
1 week ago
06/12/2018

 

धनगढी। सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तह आयुर्वेद सेवाविहीन रहेका छन् । पछिल्लो समयमा आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण बढे पनि सुदूरपश्चिम प्रदेशमा अझै ५० वटा स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य संस्था पुग्न सकेका छैनन् ।

एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटा स्थानीय तह रहेको सो प्रदेशमा हाल ३८ वटा स्थानीय तहमा मात्र आयुर्वेदिक स्वास्थ्य सेवा सञ्चालित छन् ।

नेपालमा नसर्ने रोगबाट मृत्यु दर बढिरहेको सन्दर्भमा आयुर्वेदिक उपचार पद्धति प्रभावकारी मानिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक महाशाखा प्रमुख डा. चेतराज जोशीका अनुसार नेपालमा विभिन्न रोगका कारण हुने मृत्युमा नसर्ने रोगबाट हुने मृत्यु दर ६० प्रतिशत रहेको छ । सरकारले हरेक स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य सेवा सञ्चालन गर्ने नीति लिएको छ ।

आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट पूर्वकर्म÷पञ्चकर्म, योगसेवा, ओपीडी सेवा तथा जीवनशैली परामर्श सेवा सञ्चालन हुने गरेको छ । आयुर्वेदिक महाशाखा प्रमुख डा. जोशीले भने, ‘नसर्ने रोगबाट हुने मृत्यु दर रोकथामका लागि आयुर्वेद र योगको प्रयोग विस्तार गर्नु जरुरी भइसकेको छ ।’

आयुर्वेद उपचार पद्धतिलाई दीर्घरोग, जीवनशैलीगत रोग र नसर्ने रोगको व्यवस्थापनमा निकै प्रभावकारी मानिन्छ । आयुर्वेद उपचार पद्धतिमा जडीबुटीहरूबाट तयार गरिएका औषधि प्रयोग हुने भएकाले औषधिको दुष्प्रभाव (साइड इफेक्ट) नहुने, स्थानीय स्तरमा उपलब्ध जडीबुटीबाट उपचार गर्न सकिने हुनाले कम खर्चिलो र बढी प्रभावकारी हुने

बताइएको छ ।

डा. जोशीका अनुसार आयुर्वेदिक उपचार पद्धतिमा जडीबुटी र यसबाट तयार भएका औषधि मात्रै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने, वातावरणमैत्री हुने र आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता मानिने रसायन औषधि प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउ“छ । आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषताका रूपमा रहेका पूर्वकर्म÷पञ्चकर्म (वमन, विरेचन, बस्ती, नस्य, रक्तमोक्षण) आकर्षक शरीर शुद्धीकरण विधिसमेत मानिन्छ ।

 

जनशक्ति अभाव झेल्दै औषधालयहरू

आयुर्वेदिक स्वास्थ्य संस्था सञ्चालनमा रहेका अधिकांश स्थानीय तहमा स्वास्थ्य जनशक्तिको कमी रहेको तथ्यांकले देखाएको छ । हाल सुदूरपश्चिम प्र्रदेशका ३८ वटा स्थानीय तहमा ४२ वटा आयुर्वेदिक स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।

४२ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामा १४ जना कविराज र पा“च जना वैद्यको दरबन्दी पूरा हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका अनुसार डडेल्धुराको जोगबुडा आर्युवेद औषधालय र आलिताल आर्युवेद औषधालय, बैतडी आर्युवेद औषधालय, मुस्याचौर आर्युवेद औषधालय, गाजरी आर्युवेद औषधालय, ब्यासी आर्युवेद औषधालय, गोकुले आर्युवेद औषधालय, तोलेनी आर्युवेद औषधालय, जोरायल आर्युवेद औषधालय, उर्मा आर्युवेद औषधालय र विनायक आर्युवेद औषधालयमा कविराजको दरबन्दी पूरा भएको छैन ।

त्यस्तै, रूपाललामिकाडे आर्युवेद औषधालय, मणिलेख आर्युवेद औषधालय र थलारा आर्युवेद औषधालयमा कविराज र वैद्यको दरबन्दी अझै रिक्त छ । यसैगरी, दार्चुला जिल्ला आयुर्वेदिक औषधालय स्वास्थ्य केन्द्र र लाटामान्डु आर्युवेद औषधालयमा अझैं वैद्य पठाइएको छैन । आर्युवेद औषधालयमा स्वास्थ्य जनशक्ति आपूर्ति नहुँदा स्वास्थ्य उपचार सेवा नियमित तथा प्रभावकारी बनाउन नसकिएको डा. जोशीले बताए । आयुर्वेदिक उपचार पद्दतिलाई प्रभावकारी बनाउन आयुर्वेद स्वास्थ्य संस्थाहरूमा ल्याब, रेडियो डायग्नोस्टिक सामग्री अभाव हुनु, संस्थागत रूपमा सबै जिल्लामा र प्रदेशस्तरमा पञ्चकर्म केन्द्र नहुनु, प्रदेशमा आर्युवेद औषधि प्रशोधन केन्द्र नहुनु, व्यावसायिक रूपमा जडीबुटी खेती विस्तार अभाव तथा उपलब्ध जडीबुटीको उचित बजार व्यवस्थापनमा कमीलगायतका समस्या रहेको मन्त्रालयले जनाएको छ ।

 

(Visited 11 times, 1 visits today)