आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

पाइपबाट शøयामा सिधै अक्सिजन

राजधानी समाचारदाता
6 months ago
06/12/2018

 

तुलसीपुर। राप्ती अञ्चल अस्पताल तुलसीपुरले राप्तीमा पहिलोपटक पाइपमार्फत बिरामीको शøयासम्म अक्सिजन पु¥याउने व्यवस्था मिलाएको छ ।

अस्पतालद्वारा उत्पादित अक्सिजन पाइपमार्फत आकस्मिक कक्षा, डायलासिस, अन्तरङ, बहिरङ, पोस्ट–अप (शल्यक्रियापश्चात्) र शल्यक्रिया कक्षामा सिधै जानेछ । गत भदौदेखि नियमित उत्पादन हुन थालेपछि अक्सिजन समस्या टरेको राप्ती अञ्चल अस्पताल तुलसीपुरका सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

८० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट निर्माण गरेर २०७३ असारदेखि अक्सिजन उत्पादन गर्न थालिए पनि त्यति प्रभावकारी हुन सकेको थिएन । पछिल्लो समय जिम्मेवारी पाएलगत्तै अस्पताल प्रशासन सुधारमा सक्रिय भएका डा. शर्माले अक्सिजन उत्पादनलाई महŒव दिई त्यसको आयातमा कटौती गरेका छन् । सो कार्यले अक्सिजन खरिदमा खर्च हुने रकम मासिक २ लाख २० हजार रुपैयाँ बचत हुँदै आएको छ ।

अस्पतालले दैनिक १५ देखि २० वटासम्म अक्सिजन उत्पादन गर्ने गरेको छ भने खपत ८ देखि १० वटासम्म हुने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा प्रयोग नहुने र बाँकी रहेका अक्सिजन बिक्री गर्ने तयारीमा अस्पताल प्रशासन रहेको छ । बढी भएको अक्सिजन बिक्री गर्ने सवालमा अस्पताल विकास समितिको बैठकमा प्रस्ताव लैजाने तयारी पनि गरिएको अस्पतालले जनाएको छ ।

‘कुनै बेला नेपालगन्ज र तुलसीपुरका विभिन्न सर्जिकल हाउसबाट अक्सिजन किनेर ल्याउुनपथ्र्यो,’ डा. शर्माले भने,‘अब त हामीकहाँ उत्पादन भएको छ । अस्पताललाई वार्षिक करिब साढे २५ लाख व्ययभार कम हुने भएको छ ।’ सुरुसुरुमा अक्सिजन उत्पादन भयो भनेर अस्पताल प्रशासन खुसी भए पनि नियमित उत्पादन र उपकरणहरू मर्मत सम्भारमा ध्यान नदिँदा निरन्तरता पाउन नसकेको डा. शर्माले जानकारी दिए ।

अक्सिजन उत्पादनलाई निरन्तरता दिन थोरै भए पनि शुल्क लगाउनुपर्ने अस्पतालले जनाएको छ । स्थापनाकालदेखि उपचार सेवा लिन आएका बिरामीबाट अक्सिजन शुल्क नलिएको अस्पतालले उत्पादनको निरन्तरता, अक्सिजनको पर्याप्तता र आर्थिक अभाव टार्न थोरै भए पनि बिरामीबाट शुल्क लगाउँदा उपयुक्त हुने निष्कर्षमा पुगेको छ । अस्पतालले अक्सिजन प्रतिसिलिन्डर ठूलोलाई ८ सय र सानोलाई ४ सय रुपैयाँमा खरिद गर्ने गरेको थियो । अन्य सरकारी अस्पतालले बिरामीबाट अक्सिजन शुल्क लिने भएकाले प्रतिबिरामी सय रुपैयाँ शुल्क लिँदा बिरामीलाई खासै आर्थिक मार नपर्ने अस्पतालले जनाएको छ ।

 

सर्जिकल हाउस रुष्ट

तुलसीपुर बजारका विभिन्न सर्जिकल हाउसबाट अक्सिजन खरिद गर्दै आएको अस्पतालले खरिद गर्न छोडेपछि सर्जिकल सञ्चालकहरू रुष्ट बनेका छन् । केही समय सञ्चालनमा आएर बन्द भएको अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्न थालेपछि सर्जिकल व्यवसायीहरू मेडिकल सुपरिटेन्डेन्टको सरुवामा लागेको अस्पताल स्रोतले जनाएको छ । ‘कमिसनको आसले अक्सिजन प्लान्ट मर्मत र उत्पादनमा ध्यान नदिँदा बन्द भएको थियो,’ एक चिकित्सकले नाम नबताउने सर्तमा भने, ‘डाक्टर सा’ब आएपछि अहिले निरन्तर उत्पादन भइरहेको छ ।’ राम्रो काम गर्ने मान्छेलाई जहाँ पनि चुनौती हुने भन्दै तुलसीपुर उपमहागनरपालिका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिका सधैं अस्पतालको साथमा रहेको बताए ।

 

(Visited 26 times, 1 visits today)
Loading comments...