शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई २५ हजार

राजधानी समाचारदाता
1 week ago
06/12/2018

 

राजविराज । सप्तरीको इनरुवामा गत ७ मंसिरमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेसले प्रतिपरिवार २५÷२५ हजार रुपैयाँ राहत प्रदान गरेको छ ।

१३आंै दिनको अवसर पारेर बुधबार मृतक परिवारको गाउँ डाक्नेश्वरी नगरपालिकाको भुतहीमा पुगेर नेपाली कांग्रेस सप्तरीले श्रद्घाञ्जलीसभाको आयोजना गरी मृतक परिवारलाई २५÷२५ हजारका दरले राहत प्रदान गरेको हो । सो अवसरमा कांग्रेस सप्तरीका सभापति दिनेश यादवले एउटै बस्तीका पाँच जनाको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखद् रहेको भन्दै मृतकप्रति श्रद्घाञ्जलीका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

सो अवसरमा कांग्रेस समर्थित निर्वाचित जनप्रतिनिधिबाट संकलित सहयोग रकम सभापति यादवले मृतक परिवारलाई वितरण गरेका थिए । उनका अनुसार शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयरको तर्फबाट २१ हजार विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवबाट ३५ हजार कृष्णाशवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीबाट १६ हजार रुपैयाँ गाउँपालिकाका वडा अध्यक्षबाट १५ हजार र सांसद मो. समिम र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिबाट सहयोग रकम जुटाएको छ ।

कांग्रेस महासमिति सदस्य नारायण यादवको सभापतित्वमा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति रामप्रसाद मण्डल, भगवती यादव, लिलाम्बर यादवलगायतले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्घाञ्जली अर्पण गरेका थिए । गाउँका ७० जनासहित तीर्थयात्रामा गएको बस पल्टिँदा पाँच जनाको ज्यान गएको थियो भने चार दर्जन घाइते भएका थिए ।

 

 

(Visited 17 times, 1 visits today)