शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

मामाघरमा झुन्डिएर बालिकाद्वारा आत्महत्या

दीपक अाेली
1 week ago
06/12/2018

 

 धनगढी, २० मंसिर । कैलालीको बर्दगोरिया गाउँपालिका ४, छतिवनमा एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी छिन । मामाघरमा बस्दै अाएकी मसुरिया घर भएकी १३ वर्षीया सपना बिकले बुधबार साझ मामाघरकाे घरभित्रै झुन्डिएर आत्महत्या गरेकी हुन् । सपना सानै देखी मामाघर बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

मामा र माइजु जोशीपुर गाउँपालिकाको मैनापोखरि गएको र घरमा हजुरअामा पनि अन्त गएको मौका छोपेर सपनाले आत्महत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ । मृत सपनाको बुबा बिगत लामो समयदेखि सम्पर्कबिहीन रहेकाे आफ्न्तले जानकारी दिएका छन । उनी स्थानीय श्री मावि कोटातुल्सिपुरमा कक्षा ४ मा अध्ययनरत थिइन । आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बौनियाका सहायक निरीक्षक दौनतसिंह पुजाराले जानकारी दिए ।

(Visited 156 times, 1 visits today)