शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

प्रस्तावित राजदूतको सुनुवाइ आइतबार

राजधानी समाचारदाता
1 week ago
06/12/2018

 

काठमाडौं। संघीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको ससंदीय सुनुवाइ आइतबार हुने भएको छ । समितिको बुधबार बसको बैठकले सिफारिस राजदूतको संसदीय सुनुवाइ आइतबार गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले बताए ।

प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ हुन लागेको हो ।

 

 

एउटा मात्र प¥यो उजुरी

 

 

सरकारले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि डा. अञ्जान शाक्यको नाम राजदूतमा सिफारिस गरेको छ । समितिको अघिल्लो बैठकले प्रस्तावित राजदूतको सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो । सो अवधिमा प्रस्तावित राजदूतका सम्बन्धमा व्यक्ति लक्षित गरेर कुनै उजुरी परेको छैन । एउटा उजुरी अधिवक्ता शतिशराज मैनालीले हालेको हुन् । उनले राजदूत नियुक्तिका सम्बन्धमा उमेर हद, अनुभव, पदावधि, समावेशिताको आधारको विषयवस्तु, विधि र प्रक्रियाबारे ध्यानाकर्षण गराएका छन् । शुक्रबार त्यस विषयमा छलफल गर्ने निर्णय गरेको छ ।

समितिले पूर्वराजदूत पुष्करमानसिंह राजभण्डारी, रामभक्त पीभी ठाकुर, प्रह्लादकुमार प्रसार्इं, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतसँग सो ध्यानाकर्षणको विषयमा परामर्श लिने भएको हो । उजुरीकर्ता मैनालीलाई पनि बोलाएर उनको राय बुझ्ने भएको हो । यसअघि बैठकमा सांसद योगेश भट्टराई, भीमसेनदास प्रधान, अमृता थापा मगर, जीतेन्द्रनारायण देवलगायतले यसपटक प्रस्तावित राजदूतका सम्बन्धमा गम्भीर प्रकृतिका उजुरी नपरे पनि नियुक्त हुने राजदूतलाई परिवारलाई विदेश घुमाउने तथा मन्त्री र सांसदलाई विमानस्थल लिन र पु¥याउन आउने भन्दा मुलुकको प्रतिष्ठा बढाउने काममा लगाउने नीति बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।

 

 

(Visited 28 times, 1 visits today)