शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

‘हामीलाई माधव नेपालले झुक्याए’

रमेश तिमलसिना
1 week ago
06/12/2018

रौतहट । चन्द्रपुर नगरपालिका वार्ड नं. २ असनवा र रैयाटोलमा वासिन्दाले पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले झुक्याएको आरोप लगाएका छन् । स्थानियवासीका अनुसार गत बर्ष भएको स्थानिय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा नेपालले विद्यालय बनाइदिने आश्वासन दिएका थिए ।

नेता नेपालले चन्द्रपुर नगरपालिका वार्ड नं. २ असनवा र रैयाटोलमा बिद्यालयको भवन बनाइदिन्छु भनेपनि अहिले सम्म भवन निमाण प्रकृया सुरु नभएको स्थानियले बताएका छन । नेता नेपालले २०७४ भदौ तिर स्थानिय तहको निर्वाचनको प्रचार प्रसारमा जाने क्रममा आधारभुत बिद्यालय असनवामा ४ कोठा र महेन्द्र माबि रैयाटोलमा ४ कोठे पक्की भवन निमार्ण गरिदिने बाचा गरेका थिए ।

विद्यार्थी अहिले पनि जोखिमयुक्त भवनमा

भवन अभाबमा ति बिद्यालयमा पठन पाठनमा समस्या छ । आधारभुत बिद्यालय असनवाका बिद्यार्थीहरु अहिले पनि जोखिम युक्त भवनमा बसेर अध्ययन गर्न बाध्य छन । उक्त भवन २०७२ साल बैसाख १२ गते आएको भुकम्पले माथिल्लो तल्लाको पिल्लर फुटाएपछि तल्लो तल्ला पनि जोखिम भएको हो । यसरी जोखिम युक्त भवनमा कहिले सम्म अध्यापन र अध्ययन गराउने हो सो बिद्यालयका प्रधानाध्यापक फणिन्द्र तिमलसिना प्रति प्रश्न गर्दछन । ‘नेता नेपालले भवन निमार्ण गरिदिने आवश्वासनबाट धेरै खुशी भएका थियौ तर भवन निमार्णको कुनै सुरसार नै छैन’ उनले भने ।

स्थानिय जनप्रतिनिधिहरुले पनि सो बिद्यालयको भवन निमार्णको लागी पहल नगरेको उनको गुनासो छ । बिद्यालयको कुनै आम्दानीको श्रोत छैन,भौतिक अबस्था लथालिङग छ तर पनि जनप्रतिनिधिले चासो नदिएको उनको गुनासो रहेको छ । उनले नेता नेपाललाइ अझै पनि भवन निमार्ण गरिदिन आग्रह गरेका छन । बिद्यालयमा स्वच्छ खानेपानी,बिधुत,कमप्युटर लगायतको अभाब छ । त्यस तर्फ पनि सरोकोरवालाहरुले चासो दिए बिद्यालयको समंग्र बिकाश हुने उनको भनाइ छ । यस्तै महेन्द्र माबि रैयाटोलको भवनको अबस्था पनि त्यस्तै रहेको छ ।

एउटा भवनको हुरीले छाना उडाइदिएको छ त्यसको मर्मत तथा सम्भार समेत हुन सकेको छैन । त्यहा पनि नेता नेपालले ४ कोठे भवन निमार्णको लागी बचन दिएका थिए । यस क्षेत्रका अन्य बिद्यालयहरुको पनि भौतिक अबस्था जिर्ण हुदै गएको भएता पनि पुन निमार्ण तथा नया भवन निमार्ण हुन सकेको छैन ।

(Visited 145 times, 1 visits today)