शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

सरकारको निर्णयः भैंसेपाटीमा मन्त्री निवास, पुल्चोकमा अतिथि भवन

राजधानी समाचारदाता
1 week ago
06/12/2018

काठमाडौं । सरकारले ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा मन्त्री निवास बनाउने निर्णय गरेको छ । सो स्थानमा राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि आवास निर्माण गरिने भएको हो ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माण गर्ने निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय निर्माण गरिनेछ ।

अहिले पुल्चोकमा रहेको मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवनमा परिणत गरिने भएको छ । जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेवैमा रहेको सरकारी जग्गा समेत उपयोग गरिनेछ ।

बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन भएका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

(Visited 61 times, 1 visits today)