राजधानी संवाददाता
2 months ago
0
संखुवासभा । जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि समस्या हुन थालेको छ । २५ जना कैदीको क्षमता भएको खाँदबारी कारागारमा अहिले ९२ जना कैदी राखिएको जेलर विनोद अधिकारीले बताए ।
कारागारमा पुगेपछि कैदी बन्दीहरुले मानवीय ब्यवहार पाउनु पर्ने भए पनि त्यसअनुरुपको सुविधा दिन नसकिएको जेलर अधिकारीको भनाइ छ । कारागार ३ दशमलब ५ रोपनी क्षेत्रफल फैलिएको छ ।
उनीहरुको व्यत्तित्व विकास, सीप विकास तथा कला विकासका लागि प्रयाप्त ठाउँको अभाव छ । कैदी संख्याका आधारमा अप्रर्याप्त ठाँउ देखिएको जेलर अधिकारीले स्वीकार गरेका छन् ।
क्षमताभन्दा बढी संख्यामा कैदी भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्नसमेत कठिन भएको कैदीहरुको गुनासो छ ।
कारागारमा आपतकालीन अवस्था आइपरेमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ ।
कारागारभन्दा माथिको भेगमा बजार भएकाले सो ठाउँमा भवन निर्माण भएका छन् भने तलतिरको भेग भिरालो र व्यक्तिको जमिन भएकाले सडक पु¥याउन कठिन भएको छ ।
कारागार जाने माथिको साइडमा भिरालो र सानो सिढी (भ¥याङ) र्ओलिएपछि मात्र पुग्न सकिन्छ । कारागारको उद्धारमा पुग्न एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडक समेत नभएको जेलर अधिकारीले बताए ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको खाँदबारी कारागारमा उनीहरुको सुधार गृहभन्दा पनि यातनास्थल भएको देखिन्छ ।
भौतिक संरचना प्रर्याप्त नहुँदा कैदीहरुले वर्षायाममा पानी चुहिने छाप्रोमा खाना पकाएर खानुपर्ने अवस्था भएको कैदीको गुनासो छ ।
कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि माथिल्लो सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले गुनासो गरे ।