बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

हिरोसिमा स्मृति पार्कमा बलिरहेको बत्ती

एजेन्सी
6 months ago
08/12/2018

 

सन् १९६४ देखि हिरोसिमाको एक स्मृति पार्कमा बालिएको बत्ती निरन्तर बलिरहेको छ ।  ६ अगस्ट १९४५ का दिन अमेरिकाको बी–२९ विमानबाट हिरोसिमामा आणविक बम खसालियो । यो नै मानिसले बनाएको आणविक बम प्रयोगको पहिलो प्रयोग थियो । यसले हिरोसिमा र यसका वरिपरिका ८०  हजार मानिसहरूको ज्यान लियो । अरू १०औं हजार यसको विकिकरणको फैलावटका कारण घाइते र अपांग भए ।

यसको तीनदिनपछि फेरि नागासाकीमा अर्को बम खसालियो । यो पनि अमेरिकी विमानद्वारा । खस्नासाथ यो बमबाट ४० हजार मानिसहरू तत्काल मारिए । यो विश्वमा मानव जातिका लागि एक विभत्स र हृदयविदारक घटनाका रूपमा निन्दित हुन पुग्यो ।

अमेरिकीहरूले यो आणविक बमको कारणले मात्र बल्ल जापानले मानवताका कुरा सुन्यो र आत्मसमर्पण ग¥यो । यो आणविक बमका कारणले लम्बिँदो दोस्रो विश्वयुद्ध रोकियो ।

आश्चर्यको कुरा त के थियो भने अमेरिकाको निशानामा रहेका जापानका पाँचवटा सहरमा नागासाकीको नामै थिएन ।

हिरोसिमा र नागासाकीमा खसालिएका दुईवटा बमहरू भिन्न खालका थिए । हिरोसिमामा खसालिएको ‘लिटल ब्वाय’ युरेनियम–२३५ बाट बनाइएको थियो । नागासाकीमा खसालिएको ‘फ्याट म्यान’ प्लुटोनियमबाट बनाइएको थियो ।

फ्याटम्यान अलि बढी जटिल रूपमा निर्माण गरिएको थियो । यी बमहरूको पहिचान गरिने विशेष नामहरू जस्तो ‘लिटल ब्वाय’ र ‘फ्याट म्यान’ यसका निर्माताहरूले नै दिएका थिए ।

आजसम्म जापानका यी सहरहरूमाथि खसालिएका बम नै सबैभन्दा भयानक थिए भन्ने छ, तर टोक्योमा खसालिएको नापाम बम पड्किँदा १ लाख मानिसहरू मारिएका थिए । अरू लाखौं घाइते तथा अपांग भएका थिए । तथापि पहिलो चोट र पीडाका कारण यी दुई घटनालाई सबैभन्दा पीडादायी मानिन्छ ।

बम खसाल्नुभन्दा पहिले अमेरिकाले हिरोसिमा र नागासाकीमाथि पर्चा छरेको थियो । यो जापानी जनतालाई सचेत बनाउनु पनि थियो । तर, अंग्रेजी भाषामा छरिएका पर्चाहरू जापानीले कसरी पढ्न सक्थे र तत्कालै त्यति ठूलो अणु बमको प्रभाव क्षेत्र काटेर जान सक्थे ? यो अमेरिकाको धुत्र्याइँपूर्ण कूटनीति मात्र थियो ।

बम वर्षाले हिरोसिमालाई एक निर्जन बस्तीका रूपमा रूपान्तरण ग¥यो । त्यहाँ एक जना पनि जिउँदो मान्छे रहेन । मान्छेको छाया त्यहाँ देखिएन । यी दुई बमहरूले द्वितीय विश्वयुद्ध रोके भन्ने भनाइलाई छेकबारका रूपमा प्रयोग गरेर अमेरिकाले आजसम्म मानवअधिकारको मखुण्डो जोगाइरहेको छ । यी दुई बमले १ लाख ५० हजारदेखि २ लाख ४० हजार मानिसको ज्यान लिए ।

(Visited 150 times, 1 visits today)
Loading comments...