मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

४ सय डलरको ‘कामदा-मिलन पत्रकारिता पुरस्कार’ लामालाई

राजधानी समाचारदाता
3 months ago
12/12/2018

काठमाडौं । अमेरिकाबाट घोषणा गरिएको ४ सय डलरको ‘कामदा मिलन पत्रकारिता पुरस्कार’ यस वर्ष मोफसलमा बसेर पत्रकारिता गर्ने प्रेम लामाले पाउँने भएका छन ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्कोबाट प्रकाशित हुँदै आएको हलिउडखबर डटकमले प्रदान गर्ने ‘कामदा मिलन पत्रकारिता पुरस्कार’ नेपालमा मोफसलमा बसेर पत्रकारिता गरिरहेका लामालाई प्रदान गर्ने निर्णय गरेको हो ।

आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा सो पुरस्कार हलिउडखबर डटकमले लामालाई प्रदान गर्ने घोषणा गरेको सम्पादक कृष्ण केसीले जानकारी दिए ।
लामा पर्साको विकट गाउँ ठोरीमा बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन । अमेरिकामा रहेका प्रवासी नेपालीहरुको हकहितका लागि आवाज उठाउँदै आएका पत्रकार रोशन अधिकारीको स्वर्गीय माता पिताको सम्झनामा स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारमा स्वंय अधिकारी र हलीउडखबर डटकमले व्यवस्थापन गरेको हो ।

लामालाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै सम्मान गर्ने घोषणा गरिएको सम्पादक केसीले जानकारी दिएका हुन ।
लामासँग विगत डेढ दशकदेखि राजधानी सहित मोफसलका विभिन्न संचारमाध्यममा आवद्ध रहेर काम गरेको अनुभव छ ।

(Visited 74 times, 1 visits today)
Loading comments...