मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

अनैतिक सम्बन्धको पोल खुल्ने डरले महतोको हत्या

कमलेश मण्डल
1 month ago
15/12/2018

महोत्तरी । औरही नगरपालिका २ फुलवरियाका ४० वर्षिया किसान बेचु महतोको हत्या अनैतिक सम्बन्धको पोल खुल्ने डरले भएको रहस्य खुलेको छ ।
महोत्तरी प्रहरीले किसान महतोको हत्यामा संलग्न रहेको आरोपमा एक महिला सहित तीन जनालाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो । अनैतिक सम्बन्धको पोल खुल्ने डरले हेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले बताए ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख ईन्सपेक्टर किशोर आर्चायको नेतृत्वमा घटना सम्बन्धि गहिरो अनुसन्धान पछि उक्त घटनामा संलग्न रहेको आरोपमा औरही नगरपालिका २ फुलवरियाका २२ वर्षिय जितनी देवी महतो , सोहि ठाउँका २४ वर्षिय शुशिल सहनी र सोहि नगरपालिकाको चेपकट गाउँ बस्ने अनिल कुमार ठाकुरलाई पक्राउ गरेर शनिवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

राति १० वजे बेचुलाई घटना स्थलमा बोलाएर सहनीको ज्याकेटको टोपीमा लागेको तुना (डोरी) सहित घाटीमा वेरेर उनको हत्या गरेर औरही २ स्थित रामराज ठाकुरको उखुखेतमा शव फालेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आरोपीहरुलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख एसपी कार्कीले हत्याको मुख्य कारण अनैतिक सम्बन्ध नै रहेको खुल्न स्पष्ट पारेका छन ।
‘किसान महतोको हत्याको मुल कारण अनैतिक सम्बन्ध रहेको हाम्रो अनुसन्धानबाट देखिएको छ ।’ एसपी कार्कीले भने ‘पक्राउ परेको आरोपीहरुले प्रहरीलाई दिएको वयानमा किसान महतोको हत्याको कारण अनैतिक सम्बन्धको पोल खुल्ने डर नै रहेको स्विकारेका छन , घटना सम्बन्धी थप अनुसन्धान भइरहेकोले वाँकी कुरा अनुसन्धानबाट पछि खुल्दै जाने छ ।’

जब महतोले आपत्तिजनक अवस्थामा दुई जनालाई देखे

२४ मंसिरमा राति ८ बजेको समयमा औरही २ फुलवरिया घर भएका बिजय महतोको पत्नी जितनी देवी महतो र सोहि ठाउँ बस्ने शुशिल सहनी संगै वसेको अवस्थामा मृतक किसान बेचु महतोले देखेको थिए । त्यति वेला बेचुले दुवैलाई गालि गलौज गर्नुका साथै जितनीको मोवाईल समेत खोसेर लगेको थिए ।

त्यसको भोलि पल्ट मंसिर २५ गते दिउँसो मृतक महतोले जितनीलाई यौन सम्पर्कको प्रस्ताव राखेको र सो कुरा जितनीले शुशिल सहनीलाई बताइएकी थिइन ।
शुशिल सहनीलाई जितनीले बेचुको यो प्रस्ताववारे वताएपछि त्यति वेलैदेखि शुशिलले रिसमा आएर आफनो अनैतिक सम्बन्धको पोल खुल्ने डरले बेचु महतो मार्ने योजना बुन्न शुरु गरेको प्रहरी संग वयान दिएको एसपी कार्कीले बताए ।

मंसिर २६ गतेका दिन राति १० बजे सम्म बेचु आफनो पत्नी संगै घरमै सुति रहेका थिए । त्यस पछि आरोपीहरुले राति १० वजे बेचुलाई घटना स्थलमा बोलाएर सहनीको ज्याकेटको टोपीमा लागेको तुना (डोरी) सहित घाटीमा वेरेर उनको हत्या गरेर औरही २ स्थित रामराज ठाकुरको उखुखेतमा शव फालेर भागेका थिए ।
हत्या घटनामा शुशिललाई मामा भन्ने अनिल ठाकुरले पनि साथ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न रहेको जितनी देवीलाई उनको घरबाटै पक्राउ गरिएको छ भने शुशिललाई सिमावर्ती बजार मटिहानी नजिकको गाउँबाट र अनिललाई सिन्धुलीबाट पक्राउ गरिएको एसपी कार्कीले बताएको छ ।

तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखि आवश्यक अनुसन्धान भई रहेको र तिनै जना माथि कत्व्र्य जयान सम्बन्ध मुद्दा चलाइने एसपी कार्कीले बताएको छ ।

यस अघि भदौ १० गते औरहीकी आठ महिने बालिका सोनाली चौधरीको अपहण गरेर हत्या गरेका थिए । औरही नगरपालिकामा शृंखलाबद्ध आपराधिक घटना भइरहेका छन ।

यी दुई घटनाले महोत्तरीलाई अस्तव्यस्त बनाएको छ । महोत्तरीमा एकपछि अर्को गम्भीर प्रकृतिका घटना बढ्दै गइरहेकाले स्थानीय त्रसित भएका छन् । जिल्लामा सुरक्षा अवस्था फितला भएपछि औरहीका स्थानीयहरुले शनिवार विहान शान्ति सुरक्षको बहालीको माँग गर्दै जलेश्वर बर्दिवास सडकखण्ड चार घण्टा अवरुद्व पारी आन्दोलनमा उत्रेका थिए ।

(Visited 12,258 times, 3 visits today)