बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

कार्ल माक्र्सबारे सात चाखलाग्दा तथ्य

एजेन्सी
6 months ago
22/12/2018

कार्लमाक्र्स (जन्म १८१८–मृत्यु १८८३) एक जर्मन दार्शनिक थिए । उनी अर्थशास्त्री, साहित्यकार र पत्रकार पनि थिए । यी सबै कुराभन्दा पनि उनी एक क्रान्तिकारी राजनीतिक नेता थिए ।
उनको सोच भनेको मानव समाजमा आमूल परिवर्तन ल्याउनु थियो । यसका लागि उनी समानताको समाजको खोजीमा समग्र जीवन अर्पण गरे ।
यसका लागि अध्ययनको असीम गहिराइमा पसे । उनले अविराम अध्ययनबाट समाजवादी तथा साम्यवादी व्यवस्थाको बाटो पहिल्याए र त्यसका खातिर अघि बढ्ने मार्गदर्शक सिद्धान्त वा वर्गसंघर्षको प्रतिपादन गरे ।
वर्गसंघर्षको दर्शन निर्माणमा माक्र्सको पहिलो खोज भनेको पुँजीवादी व्यवस्थाअन्तर्गत मजदुरहरूको सिद्धान्त हो । त्यसमा पनि पहिलो कुरा भनेको उत्पादन नै हो, जो पुँजीपति वर्गको हातमा छ । दोस्रो भनेको उत्पादन प्रक्रिया हो, त्यो पुँजीपति वर्गको स्वार्थअनुसार चलाइन्छ । र, तेस्रो भनेको मजदुर आफैं हो, जो अरूका लागि काम गरिदिन्छ र ऊ आफैंमा ठगिएको छ । यहीँनेरबाट श्रम शोषण हुन गएको छ ।

दोस्रो महŒवपूर्ण खोज भनेको ऐतिहासिक भौतिकवादको व्याख्या हो । यो भनेको मानव समाजको समग्र इतिहासको वस्तुवादी व्याख्या हो । यसअन्तर्गत मानव समाजको सिलसिलेबार वस्तुगत चरणहरूको व्याख्या गरेका छन्, जस्तै– आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युग ।
उनले सबैभन्दा बढी जोड पुँजीवादी युग अध्ययनमा लगाएका छन् । यो भनेको माक्र्सले भनेझैं वर्तमानको व्याख्या र त्यसमा ल्याउनुपर्ने आमूल परिवर्तन वा ससमाजवादी परिवर्तनको सिद्धान्त प्रतिपादन हो ।
तेस्रो महŒवपूर्ण खोज भनेको समाज परिवर्तनको उपाय, विधि र प्रक्रिया हो । त्यो भनेको वर्गसंघर्षको खोज हो । यसबारे अध्ययन गरेर माक्र्स समाजको चरित्र वर्गीय हुने निचोडमा पुगे । उनले समकालीन समाजमा हुने विपरीत वर्गबीच निरन्तर संघर्ष चलिरहने बताए ।

उनको व्याख्यामा आदिम साम्यवादमा कुनै पनि वर्गीय अन्तरविरोध थिएन । तर, समाज विकासको दोस्रो चरणमा आइपुगेपछि दास युग सुरु भयो र दास तथा मालिकबीच वर्गसंघर्ष प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चल्दै गयो । त्यसपछि पनि समाजमा आमूल परिवर्तन आउन सकेन बरु समाजको रूपान्तरण सामन्ती युगमा भयो ।
त्यहाँ भूमिपति र भूदासका बीचमा वर्ग संघर्ष चल्यो । त्यसले समाजलाई त्यही अवस्थामा रहन नदिई पुँजीवादी युगमा रूपान्तरण ग¥यो । पुँजीवाद स्थापना भयो । यो हामी बाँचेको वर्तमान हो । यसमा पुँजीपति र मजदुर वर्गबीच वर्गसंघर्ष चलिरहेको छ ।
माक्र्सका अनुसार समाजवादी समाजमा पनि वर्ग रहने भएकाले त्यहाँ वर्गसंघर्ष निरन्तर चलिरहन्छ । वर्ग अन्त्यको सँगसँगै राज्यको पनि विलापीकरण गरिने भएकाले साम्यवादमा भने वर्गसंघर्ष हराएर जान्छ भनेका छन् ।
चौथो खोज भनेको कम्युनिस्ट घोषणापत्र हो । यो नै माक्र्सका सबै खोजहरूको संश्लेषण हो । यसमा माक्र्सले खोज अध्ययन, अनुसन्धान गरेका र लेखेका सबै कृतिहरूको सार छ । यो वर्गसंघर्षको संश्लेषित दस्तावेज हो । यो माक्र्स–एंगेल्सको अथक प्रयासको परिणति पनि हो । यो हालसम्म मानवले निर्माण गरेको सर्वोत्कृष्ट पाण्डुलिपि पनि हो । माक्र्सले निन्दा गरेका वर्ग दुस्मनहरूले पनि यसको सह्राना गर्छन् ।

पाँचौं खोज भनेको उनको दास क्यापिटल अर्थात् पुँजी नामक कृति हो । त्यसमा समकालीन समाजको यति सटिक व्याख्या गरिएको छ कि त्यो आफैंमा अकाट्य र सर्वस्वीकार्य छ ।
यसमा माक्र्सले पुँजी निर्माणदेखि शोषणका सबै रूप, समाजवाद र साम्यवादका आर्थिक आधार तथा धरातलहरूको सपाट व्याख्या गरेका छन् । यसबाट श्रम के हो र पुँजीसँग यसको सम्बन्ध के र कस्तो रहन्छ भन्ने ज्ञान दिएर ठूलो भ्रम साफ गरेका छन् ।
छैटौं उपलब्धि भनेको माक्र्स आफैं पहिलो अन्तर्राष्ट्रिय स्तरको नेतृत्वकर्ता थिए । उनले पहिलो इन्टरनेसनललाई साम्यवाद प्रचारको साधन बनाएका थिए ।

उनको विचारमा दोस्रो इन्टरनेसनल संगठन निर्माणको र तेस्रो इन्टरनेसनल संघर्षको नेतृत्वकर्ताको भूमिकामा हुनुपथ्र्यो । उनी त्यतिबेला अराजकतावादी मिखाइल बाकुनिनका विरुद्ध वैचारिक लडाइँ लडेका थिए ।
सातौं खोज भनेको माक्र्स आफैंमा आधुनिक समाज शास्त्रका जन्मदाता हुन् । समाज विज्ञान आफैंमा एक जटिल कुरा हो । यो अन्य विज्ञानजस्तो विशुद्ध र आंशिक पनि हुँदैन । यसको व्याख्या समग्रमा हुनुपर्छ । बरु यो समाज विज्ञानले अन्य सबै विज्ञानहरूको अगुवाइ, अभिभावकत्व र नेतृत्व गर्दछ ।

(Visited 943 times, 1 visits today)
Loading comments...