शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

ट्रयाक्टरको ठक्करबाट बालिकाकाे मृत्यु

हुमाकान्त पाेखरेल
7 months ago
24/12/2018
 गुल्मी । मदाने गाउँपालिका–२ पुर्कोटदहमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। प्युठानको गौमुखी गाउँपालिका–५ घर भई पुर्कोटदहमा रहेको मामाघरमा बस्दै आएकी नौ वर्षीया एलिशा केसीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।
उनलाई लु ३ त ५३०९ नम्बरकाे ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। ट्रयाक्टर चालक अर्घाखाँचीको शीतजंगा नगरपालिका ३८ वर्षीय टीकाराम सुनारलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रवीराज थपलियाले जानकारी दिए। उनलाई इलाका प्रहरी कार्यलय पुर्कोटदहमा राखिएको प्रहरीले जनाएकाे छ।
(Visited 54 times, 1 visits today)
Loading comments...