मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

दोहा बैंकको सम्पर्क कार्यालय काठमाडौंमा

राजधानी समाचारदाता
4 weeks ago
24/12/2018

काठमाडौ ।  कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय काठमाडांैमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो कार्यालयको उद्घाटन गरेका हुन् । उनले वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य खाडी मुलुक कतारको दोहामा मुख्य कार्यालय रहेको यस बैंकको सम्पर्क कार्यालय पहिलोपटक काठमाडांैमा स्थापना भएसँगै अब नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।
उनले नेपालमा कतारी लगानी भिœयाउनसमेत दोहा बैंक स्थापनाले सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट केही समयअघि मात्र भएको कतार भ्रमणले नेपाल र कतार दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा प¥ुयाएको बताए ।

दोहा बैंक उद्घाटन समारोहमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफबिन अहमद हेल तथा कतारका लागि नेपाली राजदूत रमेश कोइराला र नेपालका सांस्कृतिक राजदूत प्रसिद्ध सिने कलाकार दया प्रदालगातको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले दोहा बैंकले शाखा काठमाडांैमा स्थापना हुनु भनेको कतारी लगानी नेपाल भित्रिने बाटो खुलेको बताए । उनले कतारी लगानी भित्रिनुका साथै नेपालले कतारबाट अन्य धेरै लाभ लिन सक्ने बताए ।
कतारको दोहा बैंकको धेरै देशमा शाखा रहेको जानकारी गराउँदै उनले कतार नेपालमा लगानी गर्न इच्छुक भएको बताए । उनले कतारको लगानी नेपाल कसरी भिœयाउन सकिन्छ भनेर अहिले आपूmहरू विविध विषयमा छलफल गरिरहेको बताए ।

(Visited 67 times, 1 visits today)