बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

यस्तो रहेछ थाइल्यान्डमा ह्वेल मृत्युको कारण

एजेन्सी
6 months ago
28/12/2018

डिसेम्बरको महिना सुरु हुँदै थियो । थाइल्याण्डको समुद्री तटमा एउटा मृत ह्वेल भेटियो । निकै दुर्लभ मानिने यो ह्वेलको एक प्रजाति समुद्रको किनारामा आएर केवल स्वास लिन सकिने पानीको छालमा पूरै शरीर बाहिर राखेर निकै छटपटाइरह्यो ।

मानिसहरु आश्चर्य मान्दै यसको दुखको रमिता हेरे । प्राण नै नरहने अन्तिम अवस्थाको यसको छटपटाहट त्यही तटमा लगातार चार दिनसम्म चल्यो ।

उद्धारकर्ताहरुले यसको जीवन बचाउका लागि निकै मेहनत गरे । उनीहरु पनि लगातार चारदिनसम्म उसको जाँचपडताल गर्दै औषधोपचार गर्नतिर लागिरहे । तर त्यो ह्वेल चार दिनपछि मर्यो । त्यसको पोस्टमर्टम गरियो । पोस्टमर्टमपछि पो पत्ता लाग्यो, उसको पेटमा ८० वटा प्लास्टिकका झोलाहरु भेटिए ।

हालैका दिनहरुमा अरु यस्तै ३०० सामुद्री प्राणीहरु थाइल्याण्डका सामुद्रिक तटहरुमा मरेको फेला परेका छन् । जसमा, पाइलट ह्वेल, समुद्री कछुवा, डल्फिन लगायतका संरक्षित जलप्राणीहरु रहेका छन् ।

थाइल्याण्डमा प्लाष्टिक अत्यधिक मात्रामा प्रयोग गरिन्छ । यतिसम्म कि यो संसारकै प्लाष्टिक प्रयोग गर्ने विश्वका पाँचवटा देशहरुमा पर्छ । अन्य देशहरुमा चीन, इण्डोनेशिया, फिलिपिन्स र भियतनाम पर्दछन् । यी देशहरुले संसारभर प्रयोग गरिने कूल प्लास्टिकको आधा भन्दा बढी प्लास्टिक प्रयोग गर्दछन् ।

प्लास्टिक खाएर यी सामुद्रिक प्राणीहरुमध्ये पाइलट ह्वेल संख्यामा सबैभन्दा बढी मर्ने गरेको छ । यतिसम्म कि यो छटपटाउँदै नहरहरुमा, नालाहरुमा र तटहरुमा पुगेर मरेको हुन्छ ।

यी प्राणीहरुको उद्दारमा लागेका प्राणीविद तथा उद्दारकर्ताहरु जलचरहरुको यो बिजोग र हत्ते देखेर निकै मर्माहत हुने गरेका छन् । प्लाष्टिकहरु वान्ता गरेर बाहिर फ्याँकून् भनेर उनीहरुले यस्तोखाले प्रयास पनि गरिरहेका छन् । तर यी प्रयासहरु कामयाबी हुन सकेका छैनन् ।

(Visited 1,086 times, 1 visits today)
Loading comments...