मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

धर्तीकाे स्वर्ग अमेरिका, शून्यवाट सुरू हुन्छ

ध्रुव लम्साल
3 weeks ago
01/01/2019
गैरआवासिय नेपाली समन्वय संघ अमेरिका (एनआरएन सि सि) प्रवक्ता विनोद कुमार तिवारी देस बनाउनका लागि नेपाल सरकार र एनआरएनविच हातेमालो गरेर अगाडी बढ्नुपर्ने धारणा राख्छन् । विभिन्न देसमा ख्याती कमाएर बसेकाहरुलाई नेपाल सरकारले आफ्नो मुलुकमा आउने वातावारण नबनाएमा ‘ब्रेनड्रेन’ को समस्या थप भयाबह हुन सक्नेमा चिन्ता ब्यक्त गर्छन् उनी ।
विदेशमा रहेर काम गरेपनि एनआरएनहरु मातृभुमीप्रति धेरै चिन्ता गर्ने ब्यक्ति भएको उनको बुझाई छ । उनी भन्छन् ‘एनआएरएनहरु विश्वबैंक भन्दा सक्षम र इमान्दार छन् देस बनाउने मामलामा । मात्रै नेपाल सरकारले काम गर्ने वातावरण बनाईदिए पुग्छ ।’ प्रवत्ता तिवारीसंग राजधानी डेलीडटकमका लागि गरिएको कुराकानी :

अमेरिकामा बस्नु भएको छ । अहिले तपाईको कर्मभुमी नै अमेरिका नै भैसक्यो जन्मभुमीको याद कत्तिको आउछ ?

हामी अहिले जन्मभुमिको देसवाट कर्मभुमी, भुगोलको देसवाट भावनाको देसमा पुगेका छौ । अमेरिकाको हरेक कुराले हामीलाई नेपाल सम्झाउछ । खाँदा, हिँड्दा, बस्दा वा भौतिक पूर्वाधारको विकास देख्दा हामी आफैंलाई प्रश्न गर्छौं ‘हाम्रोमा यस्तै विकास कहिले होला ?’ हामी सदैव अमेरिकाको भौतिक सुखमा होईन हाम्रै मुलुकको समृद्धिको सपना देखेर बाँचेका छौं ।

अमेरिकी जीवनशैलि र आफ्नो ब्यस्त दौडधुपबारे पनि बताईदिनुस् न ?

वास्तवमा अमेरिकालाई धर्तीको स्वर्ग भनिन्छ । अहिले भौतिक रुपमा अति विकास भएको देसको रुपमा चिनिन्छ । अमेरिकाको एउटा विषेशता छ । यहाँ जतिसुकै ठूलो ओहोदामा बसेकाले पनि सून्यवाटै सुरु गरेका हुन्छन् । आर्थिक रुपमा सम्पन्न कोही ब्यक्ति नेपालवाट आउनु भो र काम सुरु गर्नु भो भने पनि उहाँहरुले सून्यवाटै सुरु गर्नुपर्छ । यहाँको चालचनन र रिति रिवाज विल्कुल फरक छ ।

मेरै कुरा गर्नुहुन्छ भने सन २००६ मा आउदा धेरै दुःख कष्ट गरेर यो अवस्थामा आईपुगेको हुँ । गैरआवासिय नेपाली संघ (एनआरएन २०१५) को आँकणा अनुसार अमेरिकामा मात्रै २ लाख ५० हजार नेपाली छन् । अहिले चार लाख बढी भएको अनुमान छ ।नेपालमा झैं भारी नै बोक्न नपरेपनि त्यति नै बोझ बोकेर हिँडिरहनु भएको छ । किनकी अमेरिकाले हरेक ब्यक्तिलाई संघर्ष गरेर अघि बढ्ने वातावारण दिन्छ र कसरि अगाडी बढ्ने भनेर सिकाउछ पनि ।

प्रवासी नेपालीहरुका लागि कत्तिको काम गर्नु भएको छ ?

जब कोही नागरिक १८० दिन भन्दा बढी र सार्कमुलुक भन्दा बाहिर बस्छ भने उसलाई गैरआवासिय नेपाली नागरिक भनेर नेपालको संविधानले ब्याख्या गरेको छ । हामीले हाम्रो विधान पनि एनआरएन अभियन्ता (हाम्रा अग्रज)हरुले बनाउनु भएको हो । एनआएरएन अमेरिका २००६ वाट मात्रै अलि विस्तृत भएको हो ।

एनआरएन नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भई अमेरिकाको टेनेसी राज्यमा गैरनाफामुखी नन प्रफिक्ट संस्थाको रुपमा दर्ता भई काम गरिरहेको छ । दर्ता हुनै लगभग ७ वर्ष लाग्यो । हाम्रो संस्था नन पर्फेक्ट अर्गनाईजेसन संस्थाको रुपमा दर्ता छ । त्यसकारण हामीले प्रवासीहरुकै लागि काम गर्दै आएका छौं ।

पृष्ठभुमीकै कुरा गर्ने हो भने वास्तवमा एनआएनले धेरै काम गरिसकेको छ । अमेरिकाको ५० राज्यहरुमा क्षेत्रिय, लिंगिय, सामाजिक रुपमा दर्ता भएका संस्थाहरु मात्रै ६ सय भन्दा बढी होला । उहाँहरु सबैलाई समेटेर हामी अगाडी बढेका छौं । विभिन्न उद्देश्य बोकेका संस्थालाई एउटै उद्देश्यमा गोलबद्ध गर्नु आफैंमा सजिलो काम होईन ।

हामीले गरेको कामको आधारमा हेर्दा हामी ‘माईनोरीटी कमिटि’मा पर्छौ । माईनोरोटी राईट पनि दिनुपर्ने हुन्छ । माईन्योरिटी भ्वाईस दिनुपर्ने हुन्छ त्यहि शिलसिलामा हामीले एनआएरएन गठन गरेका हौ । अमेरिकामा नेपालीका हकहितका लागि सहयोग लिन र नेपालमा दोहोरो नागरिकता र दोहोरो कर प्रणाली अन्त्यका लागि एनआएरएन अगाडी बढिरहेको छ । गैरआवासिय नेपालीलाई कुनै समस्या पर्दा हामी सहयोगी भएर अघि बढेका छौं बढ्छौं ।

उद्हारण दिएरै कुरा गरौं, कोही विद्यार्थी अमेरिका आउनु भयो । उहाँले कसैलाई चिन्नु भएको छैन । मानौं उहाँ बिरामी हुनु भयो । वा कुनै समस्या प¥यो । त्यस्तो अवस्थामा सहयोग गर्नकै लागि भनेर हामीले गत वर्षदेखि हेल्पलाईन सुरु गरेका छौं । हाम्रो हेल्पलाईनमा जानकारी गराएपछि हामी जुनसुकै सहयोग गर्न तयार हुन्छौं ।
उक्त हेल्पलाईन मार्फत हामीलाई जोसुकैले खबर गर्न सक्नु हुन्छ । धेरै राज्यमा हाम्रो च्याप्टर छ । जसलाई जे समस्या परेको छ त्यो हामी पुरा गर्छौ ।

दोहोरो नागरिकताको विषयमा धेरै बहस भयो । अझै टुङ्गिएन । अब यो बहस कसरि अघि बढ्छ ?

दोहोरो नागरिकता भनेको राजनीतिक अधिकार बाहेक सबै अधिकार दिने भनेर नेपालकै संविधानमा उल्लेख भएको कुरा हो । त्यसलाई मनन गरेर कार्यान्वयन गर्दा राम्रो हुन्छ । तर, नेपालकै कोही अभियन्ताले नेपालवाट हिँडिसकेकको, ग्रीन कार्ड लिएर बसिसकेको ब्यक्तिलाई नेपालको दोहोरो नागरिकता दिन हुन्न भनेर नेपालको सम्मानित सर्वोच्च अदालतमा मुद्दा हालेको अवस्थामा स्थगित भएको बुझेका छौं ।

त्यो भएपछि अमेरिकामा हामीले एउटा कमिटि बनाएर नेपाल सरकार, संसद र नेपालका अभियन्ताहरुलाई पनि सम्पर्क गरेर हामीले प्रतिनिधी मण्डल पठाएका छौ उक्त प्रतिनिधीमण्डलले विभिन्न कार्यक्रम पनि ग-यो । यसलाई कसरि टुङ्ग्याउने भन्ने अभियानमा छौ । हामीले जति भन्न पर्ने हो नेपाल सरकारलाई भन्यौ । अब यसको बल नेपाल सरकारसंगै छ ।

अब नेपाल सरकारले कति सिप र ज्ञान भएका ब्यक्ति विदेशमा छन् त्यसको लागत खोज्नु पर्छ । हामीसंग भएको विवरण हामी दिन तयार छौं दिएका पनि छौं । विदेशमा ख्याती कमाएर बसेका ब्यक्तिलाई चिन्ने काम नेपाल सरकारको हो । यदि सरकारले चिन्ने प्रयाश गरेन भने ब्रेनडे«नको समस्या अझ बढी हुन्छ । क्षमतावान र आर्थिक रुपमा सम्पन्न ब्यक्तिलाई नेपाल सरकारले नेपालमा केही गर्नका लागि अब्हान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसो गर्दा फाईदा नेपाललाई नै हुन्छ ।

भूकम्पपछि नेपाल सरकारले एनआएएनसँग निकै अपेक्षा ग-यो । तर, अहिलेसम्मको स्थिती हेर्दा पूर्ननिर्माणमा एनआरएनको भुमिका खास प्रभावकारी देखिएन नि ?

नेपाल र नेपालीलाई दुःखेको वेला विदेशमा बसेका गैरआवासिय नेपालीलाई पनि दुख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी सुविधा सम्पन्न घरमा बसिरहेको बेला कुनै नेपालीलाई दुख्यो भने सुविधासम्पन्न ठाउँमा बस्ने ब्यक्ति मल्हमपट्टि लिएर जानुपर्छ । एक अर्कालाई सहयोग गर्ने हाम्रो जन्मसिद्ध संस्कार पनि हो ।
तपाईलाई मैले भन्नै पर्छ । नेपालमा भूकम्प गएपछि काठमाडौ, रसुवा सिन्धुपाल्चोक हुँदै थुप्रै ठाउँमा हाम्रा एनआरएन अमेरिकाका अध्यक्ष डा.केशब पौडेललगायत अभियन्ता साथीहरुले खाना, लुगा लगायत धेरै कुरा सहयोग गर्नु भएको छ ।

एनआरएन मात्रै हैन, अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली संघसंस्थाहरुले हामीले जस्तै सहयोग गर्नु भएको छ । यहि सिलसिलमा गोरखाको बारपाकमा एकहजार घर बनाउने हाम्रो प्रतिबद्धता अनुसार अहिले काम अघि बढिरहेको छ । त्यस्ता कार्यका लागि नेपाल सरकार आफैंले वाधा अड्चन नहुने बातावरण बनाइदिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

सुरक्षा र त्यहा पठाईका सामग्री सही समुदायमा पुग्ने वातावरण नेपाल सरकारले बनाउनुपर्छ । प्रत्येक दिन एक दुई घण्टा समाजसेवा गर्न हामी लागिरहेका छौं ।
नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्न सक्छ भन्ने केही उदहारण पनि दिएका छौं । देबघाटमा बन्न लागेको बृद्धाश्रम एउटा उदहारणीय कार्य हो , काठमाडौका शंखपार्कको रुप फेर्ने काम एनआरएनहरुले नै गरेका हुन् । शिक्षा, स्वास्थ्य, हाईड्रो, बित्तिय क्षेत्र लगायत धेरै क्षेत्रमा पनि एनआरएनले सहयोग गरिरहेका छन् । यो सहयोगलाई थप बिस्तार गर्ने सोचमा छौं हामी ।

समृद्ध नेपाल र सुखी नेपाली नारा कार्यान्वयन गर्ने हो भने नेपाल सरकार र एनआरएनको सम्बन्ध कस्तो हुनुपर्छ ?

यो अत्यान्त सान्दर्भिक कुरा हो । सुखी नेपाली र समृद्ध नेपाल कुन धरातलमा बसेर सरकारले गरेको हो । केबल भाषण गरेको भरमा सुखी नेपाली र समृद्ध नेपाल सम्भव छैन । त्यसका लागि काम गर्नुपर्छ । काम गर्नका लागि वातावरण तय हुनुपर्छ ।

काठमाडौमा मनोरेल, पानीजहाज, चक्रपथ विस्तार लगायत धेरै कुरा गर्नु पर्ने हुन्छ । अन्य शहरमा पनि गर्नुपर्ने धेरै काम होलान् । यस्ता कुरा गर्नु भन्दा पहिला सरकारले योजना बनाएको हुनुपर्छ । योजना बनाएको छ कि छैन त्यो गहन विषय हो । सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको चाहना हो भने नेपाल सरकारले दोहोरो नागरिकताको ब्वयस्था र दोहोरो करप्रणालीको अन्त्य गर्नुपर्छ ।

एनआएएनलाई सामुहिक नेतृत्वमा आउनुस् भन्ने हो भने कुनै पनि काम सहजै गर्न सकिन्छ । युरोपमा बस्नेलाई एउटा, अमेरिकामा रहनेलाई अर्को वा अन्य कुन मुलुकमा बस्नेलाई भनेर विभिन्न काम भाग लगाएर गराउन सकिन्छ । हामी विश्वबैकले भन्दा भरपर्दो र विश्वासिलो काम गर्न तयार छौं । देसको समृद्धिका लागि रगत दिन सक्ने तागत भएका एनआरएन धेरै छन् ।

यदि कुनै बाटो बनाउने हो भने सबै भन्दा पहिला त्यस विषयमा गहन अध्ययन हुनुपर्छ । कुन ठाउँमा कति लेनको कति किलोमिटर बाटो बनाउने हो । अनि सरकारले लगानीको भावना बोकेर आउन आब्हाव गर्नुपर्छ । यस्ता कामका लागि हाम्रो एनआरएन साथीहरु तयार भएर बस्नु भएको छ । कुनै पनि मुलुक सुखी र समृद्ध हुनका लागि बाटोघाटो र बिजुली हुनैपर्छ । बाटो र बिजुली (हाईड्रो) संगै बन्यो भने मात्रै मुलुक समृद्ध हुन्छ । यसपछि विकासका गति अरु बढ्छ । बाटोसंगै बिजुली उत्पादन भयो भने नेपालको विकास असम्भव छैन । एनआएएनलाई सामुहिक नेतृत्वमा आउनुस् भन्ने हो भने कुनै पनि काम सहजै गर्न सकिन्छ । युरोपमा बस्नेलाई एउटा, अमेरिकामा रहनेलाई अर्को वा अन्य कुन मुलुकमा बस्नेलाई भनेर विभिन्न काम भाग लगाएर गराउन सकिन्छ । हामी विश्वबैकले भन्दा भरपर्दो र विश्वासिलो काम गर्न तयार छौं । देसको समृद्धिका लागि रगत दिन सक्ने तागत भएका एनआरएन धेरै छन् ।

नेपालमा काम गर्न के कुरा वाधक छ ?
क्रमश भन्नुपर्दा एक नम्बरमा दोहोरो नागरिकता, दुई नम्बरमा दोहोरो कर प्रणाली, तीन नम्बरमा सुरक्षा, चार नम्बरमा निती र कार्यान्वयन । यी सवै तारतम्म मिलाउने जिम्मा नेपाल सरकारको हो । म फेरि पनि भन्छु । नेपालमा सम्भावना धेरै छन् । ति सम्भावना कार्यान्वयनका लागि पहिला सरकारसंग योजना हुनुपर्छ ।योजना बनेपछि योजना कार्यान्वयन गर्ने भुमिका बनाउनुपर्छ । अन्त्यमा म फेरि भन्छु । नेपाल सरकारले बतावारण बनाओस् देस बनाउने काम एनआरएनले गर्छन् ।

(Visited 1,618 times, 2 visits today)