मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग

राजधानी समाचारदाता
3 weeks ago
02/01/2019

 

काठमाडौं। काठमाडौं महानगरपालिकाको सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग गरेका छन् ।मंगलबार सूचना प्रविधि विभागका प्रमुख राज्यप्रकाश प्रधानांगलाई भेट गरेर उनीहरूले ऐन कार्यान्वयनको माग गरेका हुन् ।

सरकारले बनाएको ऐन सरकारबाटै कार्यान्वयन हुनुपर्ने, स्थानीय तहलाई सञ्चार व्यवस्थापनका लागि दिएको अधिकार प्रयोगमा ल्याउनुपर्ने, सो नीतिगत व्यवस्थाका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेलगायतका माग प्रधानांगलाई बुझाइएको संयुक्त निवेदनमा राखिएको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐनबाट निर्देशित छौं भनेर महानगर पन्छिन पाउँदैन, आमसञ्चार व्यवस्थापन गर्नुपर्ने महानगरले आन्तरिक सञ्चार व्यवस्थापनमा कमजोरी गर्नुहुन्न,’ निवेदन बुझाएपछि उनीहरूले भने । सो निवेदनको बोधार्थ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोलसँगै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समिति र प्रेस रजिस्टार्डको कार्यालयलाई समेत पठाइएको छ । निवेदन बुझेपछि विभागका प्रमुख प्रधानांगले भने सञ्चारकर्मीको माग महानगरपालिका प्रमुख, उपप्रमुख र समितिसँगको छलफलमा लैजाने बताए ।

 

 

(Visited 13 times, 1 visits today)