मंगलवार १० आषाढ, २०७६ (Tuesday, 25th June 2019)
१० आषाढ, २०७६ (25 June 2019)

जीवन कति प्यारो छ, हेर्नुस् त सर्पमाथि भ्यागुताको सवारी (भिडियो)

एजेन्सी
6 months ago
02/01/2019

अस्ट्रेलियामा हालै देखिएको एउटा तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । यो तस्बिरबारे मानिसहरुले विभिन्न खाले टिप्पणी गरिरहेका छन् ।

यो तस्बिर प्राकृतिक रुपमा परस्पर विरोधी प्राणीको भएकाले पनि मानिसहरुले यसप्रति आफ्ना धारणा राखिरहेका छन् । उत्तरी अस्ट्रेलियामा आएको भारी तुफानका क्रममा एउटा सर्पको पिठ्युमा चढेर केही भ्यागुताहरु सवारी गरिरहेका छन् । बाँच्नका लागि उनीहरुले लिएको यो भयानक निर्णय र जोखिमपूर्ण यात्रा हो ।

तुफानका क्रममा सर्व उच्च स्थानको खोजीमा थियो । यसै क्रममा बढ्दो जलस्तरबाट भाग्दै गरेका भ्यागुता पनि सर्पको पिठ्युमा चढेका छन् । यो भिडियो बनाउने व्यक्तिका भाई एन्ड्रयु माकले ट्विट गरेका हुन् ।

(Visited 707 times, 1 visits today)
Loading comments...