आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

एउटी आमाकाे राेदन : यसपाली छाेरी बचाउन नेपालवाट अस्ट्रेलिया आएँ

राजधानी समाचारदाता
5 months ago
04/01/2019

सिडनी । पाेहाेर साल छाेराे बचाउन अस्टे्लियावाट नेपाल फर्कँए, यसपाली छाेरी बचाउन नेपालवाट अस्ट्रेलिया आएँ नियतीकाे खेल । राधा संग्राैला अधिकारीले फेशबुकमा लेखेकी छिन् ।

उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया आएकी नेपाली विद्यार्थी समिक्षा अधिकारी कोलन क्यान्सरवाट पीडित भएकी छिन् । उनको जीवनरक्षाका लागि अस्टे«लियामा बस्ने नेपाली विद्यार्थीले अभियान सुरु गरेका छन् ।

रोयल प्रिन्स अल्फ्रेड हस्पिटलमा उपचारको क्रममा रहेकी समिक्षालाई केही रकम जीवन विमाबाट प्राप्त हुने भएपनि महिनौ केमो थेरापीको साथै रेडियो रेडियो थेरापी गर्नुपर्ने भएकाले सहयोगका लागि अभियान चलाईएको अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले बताएका छन् ।
उनी अस्पताल भर्ना भएपछि उनको हेरचाहका लागि आमा राधा अधिकारी अस्टे्लिरया पुगेकी छिन् ।

समिक्षाको सहयोगका लागि ‘सपोर्ट समिक्षा अधिकारी’ सुरु गरिएको प्रतिक्षा अधिकारीले बताईन् । उनको उपचारका लागि हालसम्म १७ हजार डलर संकलन भएको छ ।

(Visited 374 times, 1 visits today)
Loading comments...