बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

सजिलो छैन घट्ट चलाउन

विश्वनाथ सिम्खडा
5 months ago
05/01/2019

 

   

विश्वनाथ सिम्खडा

एक हातमा लठ्ठी, अर्कोमा कुचो लिएर पत्थरनजिकै बसेर पिठोको धार फाल्दै थिए, २२ वर्षीयबिर्ख विक । नरहरिनाथ गाउँपालिका–७ खुलालु खोलामा उनको ६ वर्षयताका दिन घट्ट चलाएर दिन बित्ने गरेको छ । प्रवेशिका उत्तीर्णपछि जागिर खोजीमा भारत मुम्बईसम्म पुगे, उनी । उच्च शिक्षा पढ्न सकिने अवस्था थिएन । भारत जा“दा पनि केही पार लागेन । अहिले घट्ट चलाएर दिन बितेको छ ।

‘एक महिनाको ३० हजारजतिको पिठो उठाउ“छु, घर खर्च चलेकै छ,’ उनी भन्छन्, ‘एक छोरा, एक छोरी र बुढा आमाबुबालाई घट्टले नै पालेको छ ।’ दुर्गम ठाउँमा यति तलबको जागिर मेहनत र भाग्यमानीले मात्र पाउने उनको निष्कर्ष छ ।
खुलालु खोलाको रुप्सा पाउनी वनदेखि खुलालुसम्म पाइलैपिच्छे भेटिन्छन् घट्ट । किशोरदेखि ज्येष्ठ नागरिकसम्म घट्ट हेरालामा व्यस्त देखिन्छन् । यो खोलामा झन्डै १५० हाराहारीमा घट्ट छन् भने त्यति नै घट्ट हेराला देखिन्छन् । घट्ट हेर्न भने सजिलो छैन ।

 

 

खुलालु खोलाको रुप्सा पाउनी वनदेखि खुलालुसम्म पाइलैपिच्छे भेटिन्छन् घट्ट । किशोरदेखि ज्येष्ठ नागरिकसम्म घट्ट हेरालामा व्यस्त देखिन्छन् । यो खोलामा झन्डै १५० हाराहारीमा घट्ट छन् भने त्यति नै घट्ट हेराला देखिन्छन् । घट्ट हेर्न भने  सजिलो छैन

 

‘न दिनमा सुत्न पाइन्छ, न त राति नै,’ विक भन्छन्, ‘एकछिन घट्ट छोडेर बाहिर जाने हो भने पिठो बिग्रिन्छ र गाली खाइन्छ, सरसफाइ कहिल्यै गर्न पाइ“दैन, अरूलाई नया“ लुगा लगाएर चिटिक्क परेको देख्दा आफूलाई पनि सफा हुन मन लाग्छ तर शरीर सधैं सेतो पिठोले लटारिएका हुन्छ ।’
रातदिन नसुती घट्ट चलाउन दुःख भए पनि कमाइ आकर्षक भएर पेसा अँगालेको खुलालुमा भेटिएका १८ वर्षीय रनबहादुर विष्ट बताउ“छन् ।
‘बिदाका बेला साथीसँग खोलाका घट्ट हेर्न रहर लाग्यो अनि चलाउन पनि सिकें,’ उनी भन्छन्, ‘जस्तोसुकै रहर भए पनि दैनिक काम गर्न कम्ती दुःख छैन ।’

परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढाइ छाडेर यो पेसा अँगाल्न बाध्य बनेको उनी बताउ“छन् । ‘सबेरै उठ्नु, घट्टको पत्थर खुड्छु, घट्ट सफा गर्छु अनि पदालोमा पानी छोड्छु र नियमित काममा लाग्छु,’ उनी भन्छन्,
‘यति मात्र होइन, समयमा खान पाइ“दैन, जहिल्यै चिसो
खाना खानुपर्छ ।’ मासिक २० हजारदेखि ३० हजारसम्म तलब आउने भएकाले यो पेसा अँगालेको उनीहरू बताउँछन् । ‘घट्ट हेर्न थालेपछि अल्छी गरेर भएन, घामपानी नभनी कुर्नुप¥यो,’ रुप्साका ५६ वर्षीय मुनबहादुर सहकारीले भने, ‘घट्ट चलाउन निकै दुःख छ ।’

 

(Visited 102 times, 1 visits today)
Loading comments...