मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

जसले दुखाइ कम गर्छ

केशवराज पौडेल
2 weeks ago
05/01/2019


केशवराज पौडेल

अत्यधिक दुखाइ कम गर्छ, नाइट्राभेट–१० ले । तर, दुव्र्यसनी यसलाई ‘नशा’का रूपमा प्रयोग गर्छन् । सस्तो भएकाले नाइट्राभेट–१० को माग दुव्र्यसनीमा उच्च छ ।  सरकारले प्रतिबन्ध लगाएको नाइट्राभेट–१० को कारोबारी बढेसँगै प्रहरी आक्रामक रूपमा उत्रेको छ । नेपालमा नाइट्राभेट–१० प्रयोग अवैध मानिन्छ । प्रयोगकर्ताले छिमेकी देश भारतबाट ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख एसपी रविराज खड्का बताउ“छन् ।

नेपालमा पूर्ण प्रतिबन्धित रहेको नाइट्राभेट कारोबार गर्नेे गिरोह ठूलो छ । लागूऔषध ओसारपसार हुने भएकाले बीपी र अरनिको राजमार्गमा विशेष चेकिङ थालिएको प्रहरी प्रमुख खड्काले दाबी गरे । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्ने गरेका छन् ।
काभ्रेमा सात महिनामै १० वटा लागूऔषध मुद्दा चल्यो । जसमा इलाका प्रहरी कार्यालय बनेपाले चलाएका आठ मुद्दामध्ये ६ जना १८ देखि २४ वर्ष उमेरका छन् । लागूऔषध प्रयोगकर्ताले  नाइट्राभेट, गाँजा, यामपुल, नाइट्रोसन ट्याबलेट, सिरिन्जजस्ता लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीको रेकर्डमा देखिएको छ ।

 

काभ्रेमा सात महिनामै १० वटा लागूऔषध मुद्दा चल्यो । जसमा इलाका प्रहरी कार्यालय बनेपाले आठ मुद्दा चलाएकामध्ये ६ जना १८ देखि २४ वर्ष उमेरका छन्

 

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले पछिल्लो समय लागूऔषध कारोबारीसँगै प्रयोगकर्तालाई नियन्त्रण लिन थालेको बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पछिल्लो एक सातामै ठूलो मात्रामा लागूऔषध ओसारपसार गर्दै गर्दा नौ जनालाई नियन्त्रणमा लिएसँगै नाइट्राभेट–१० को ट्रान्जिटका रूपमा काभ्रे रहँदै गएको छ ।
बीपी–अरनिको राजमार्ग । नाइट्राभेट–१० अवैध कारोबार । ट्रान्जिट काभ्रे । अवैध नाइट्राभेट–१० कारोबार ।
काभ्रेमा एक सातामै विभिन्न स्थानबाट प्रहरीले नौ जनालाई नाइट्राभेट–१० सहित नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले ३ हजार २१० चक्की अवैध नाइट्राभेट–१० बरामद गरेको छ । ल

 

(Visited 87 times, 1 visits today)