शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

मानिसको मेमोरी

ओम बानियाँ
3 months ago
05/01/2019


ओम बानियाँ

मानिससँग मेमोरी छ त यो संसार छ । मेमोरीबिना यो सारा संसार शून्य छ । त्यसैले, मानिसको जीवनमा मेमोरीको ठूलो महत्व छ । मानिसको जीवनमा मेमोरीको यही महत्वका कारण नै प्राचीनकालदेखि नै यस सम्बन्धमा गहन अध्ययन तथा अनुसन्धान हुँदै आएको छ । प्रयोगात्मक मनोवैज्ञानिकहरूले मेमोरी अर्थात् स्मरण शक्तिका अनेक प्रकारबारे वर्णन गरेक छन् । तर, सामान्यतया प्रक्रियाका आधारमा स्मरण शक्तिलाई तीन भागमा बाँड्न सकिन्छ ।

 

 

ज्ञानात्मक स्मरण शक्ति

ज्ञानात्मक स्मरण शक्ति (सेन्सरी मेमोरी) एकदमै छोटो हुन्छ अर्थात् निकै अल्प समयसम्म मात्र यो मनमा रहन्छ । यसको समय अवधि एक सेकेन्ड वा त्योभन्दा कम हुन्छ । ज्ञानात्मक स्मरण शक्तिलाई एउटा उदाहरणबाट स्पष्ट पार्न सकिन्छ । हरिले टेलिफोन निर्देशिका पल्टायो । ५४२०३१ नम्बर हे¥यो । र, फोनको नम्बर थिच्यो । तर, टेलिफोन व्यस्त थियो । पुनः नम्बर थिच्न खोज्यो । तर, उसले टेलिफोन नम्बर बिर्सिसकेको थियो । यस किसिमको क्षणिक स्मरणलाई ज्ञानात्मक स्मरण शक्ति भनिन्छ । ज्ञानात्मक स्मरण शक्ति दुई प्रकारका हुन्छन्ः प्रतिमा स्मरण शक्ति तथा प्रतिध्वनि स्मरण शक्ति । प्रतिमा स्मरण शक्तिमा मानिसले देखेको वस्तु वा व्यक्तिलाई एक सेकेन्डसम्म याद राख्न सक्छन् जबकि प्रतिध्वनि स्मरण शक्तिमा मानिसले सुनेको आवाजलाई एक सेकेन्डसम्म सम्झन सक्छन् ।

अल्पकालीन स्मरण शक्ति

ज्ञानात्मक स्मरण शक्तिबाट छानिएका कुराहरू तथा विषयहरू मात्र अल्पकालीन स्मरण शक्ति (सर्टटर्म मेमोरी) बन्न पुग्छन् । यदि अल्पकालीन स्मरणका कुरालाई अभ्यास, सांकेतिक तथा सुसंगठन नगर्ने हो भने ३० सेकेन्डभित्र नै विस्मरण हुन सक्छन् । यसर्थमा अल्पकालीन स्मरण शक्तिको आयु ३० सेकेन्ड मान्न सकिन्छ । माथिकै उदाहरण लिऊ“ । हरिले टेलिफोन नम्बर बिर्सिएपछि पुनः टेलिफोन निर्देशिका हे¥यो, ध्यान दिएर । अनि, ५४२०३१ सम्झ्यो । त्यसैबेला घरबाहिरबाट गाडीको ठूलो आवाज आयो । हरि झसंग भयो । र, झ्यालको पर्दा हटाइ बाहिरतिर हे¥यो । बाहिर आँगनमा केही थिएन । सडकमा एउटा ट्रक गुडिरहेको थियो । हरि फोनतिर आयो । पुनः नम्बर थिच्ने प्रयास ग¥यो । ५४२ अंकभन्दा बढी अंक थिच्न सकेन । बा“की अंक उसले बिर्सिसकेको थियो ।
अल्पकालीन स्मरण शक्तिको स्थान प्री–फ्रन्टल कोर्टेक्समा हुन्छ । यस किसिमको स्मरण शक्तिका आधारमा मानिसले विभिन्न कार्य गर्न सक्छन् । प्रसिद्ध मनोवैज्ञानिक विलियम जेम्सले अल्पकालीन स्मरण शक्तिलाई प्राथमिक स्मरण शक्ति पनि भन्ने गरेका छन् । यसको साथै अल्पकालीन स्मरण शक्तिलाई सक्रिय स्मरण शक्ति, तत्कालीन स्मरण शक्ति, कार्यशील स्मरण शक्ति तथा अल्पकालीन सञ्चयन पनि भन्ने गरिन्छ ।

 

 

ज्ञानात्मक स्मरण शक्तिबाट छानिएका विषय मात्र अल्पकालीन स्मरण शक्ति (सर्टटर्म मेमोरी) बन्न पुग्छन् । यदि अल्पकालीन स्मरणका कुरा अभ्यास, सांकेतिक तथा सुसंगठन नगर्ने हो भने ३० सेकेन्डभित्र नै विस्मरण हुन सक्छन् । यसर्थ, अल्पकालीन स्मरण शक्तिको आयु ३० सेकेन्ड मान्न सकिन्छ

 

दीर्घकालीन स्मरण शक्ति

प्रसिद्ध मनोवैज्ञानिक विलियम जेम्सले दीर्घकालीन स्मरण शक्ति (लंगटर्म मेमोरी)–लाई माध्यमिक स्मरण शक्ति पनि भन्ने गरेका छन् । यस्तो स्मरण शक्तिअन्तर्गत मानिसले सूचनालाई कम्तीमा पनि ३० सेकेन्ड र बढीमा जीवनभरि धारणामा राख्न सक्छ । दीर्घकालीन स्मरण शक्तिलाई निष्क्रिय स्मरण शक्ति तथा दीर्घकालीन सञ्चयन आदिका नामले पनि बुझ्ने गरिन्छ । अल्पकालीन स्मरणको कुरालाई राम्रोसँग अभ्यास, सांकेतिक तथा सुसंगठन गर्ने हो भने दीर्घकालीन स्मरण शक्ति बन्न पुग्छ । उदाहरणका लागि हरिले पुनः निर्देशिका पल्टायो । र, सोच्यो, फोन नम्बर त उसको जन्म मितिसँग ठ्याक्कै मिल्दो रहेछ । अनि, हरिको मन–मस्तिष्कमा त्यो फोन नम्बर र आफ्नो जन्म मिति यसरी सम्बद्धता भयोः ५–४–२०३१, जसले गर्दा त्यो फोन नम्बर उसको दीर्घकालीन स्मरण शक्ति बन्न पुग्यो ।
मनोवैज्ञानिक टुलभिंग घटना तथा अनुभूतिका आधारमा दीर्घकालीन स्मरण शक्तिलाई अर्थगत स्मरण शक्ति र प्रासंगिक स्मरण शक्ति गरी दुई भागमा बाँडेका छन् । तर, कतिपय मनोवैज्ञानिकहरूले दीर्घकालीन स्मरण शक्तिलाई निम्नलिखित दुई वर्गअन्तर्गत विभिन्न भागमा बाँडेका छन्—घोषणात्मक स्मरण शक्ति तथा अघोषणात्मक स्मरण शक्ति ।

घोषणात्मक स्मरण शक्ति

यो चेतन स्मरण शक्ति हो । यस्तो स्मरण शक्तिले तथ्य र ती तथ्यको आपसी सम्बन्धको सूचनालाई सञ्चय गरी राख्छ । यस्तो स्मरण शक्तिमा सञ्चित सूचनाको सम्बन्ध को, के, किन, कहाँ र कहिलेस“ग हुन्छ । घोषणात्मक स्मरण शक्तिलाई स्पष्ट स्मरण शक्ति, कग्निटिभ स्मरण शक्ति आदि पनि भन्ने गरिन्छ । यस्तो स्मरण शक्तिलाई डिप्रेसन, दुश्चिन्ता तथा खिन्नताले प्रभावित पार्छ । यसअन्तर्गत निम्नलिखित स्मरण शक्तिहरू पर्छन्ः

अर्थगत स्मरण शक्ति

अर्थगत स्मरण शक्ति भनेको त्यस्तो स्मरण शक्ति हो, जहा“ शब्द, तथ्य तथा प्रतीकको अर्थसँग सम्बन्धित सूचना सञ्चित हुन्छ । यो स्मरण शक्तिमा सञ्चित सूचनाको सम्बन्ध को, के, किन आदिस“ग हुन्छ । यस्तो स्मरण शक्तिलाई सामान्य स्मरण शक्ति पनि भन्ने गरिन्छ । अर्थगत स्मरण शक्तिका केही नमुनाहरू यस प्रकार छन्ः मलाई थाहा छ कि रगत रातो हुन्छ । मलाई थाहा छ कि पानी तताउने हो भने वाफ बन्छ ।

प्रासंगिक स्मरण शक्ति

समय र ठाउँसँग सम्बन्धित सूचनाहरूको स्मरण शक्तिलाई प्रासंगिक स्मरणशक्ति भनिन्छ । यस्तो स्मराण शक्तिमा त्यस्ता सूचनाहरू सञ्चित हुन्छन्, जसले घटनाहरू कहाँ र कहिले घटे भन्ने कुराको याद गराउँछ । अर्को शब्दमा भन्ने हो भने प्रासंगिक स्मरण शक्ति केही समयअघिको घटनासँग सम्बन्धित हुन्छ । यसको उत्पत्ति मस्तिष्कको हिप्पोकेम्पसमा हुने गर्दछ । र, यो स्मरण शक्ति मानिसको सचेतनामा निर्भर रहन्छ । होसपूर्वक कार्य नगरेको खण्डमा प्रासंगिक स्मरण शक्तिले कार्य गर्दैन । तपाईंहरूले देखिरहनुभएको छ । कतिपय मान्छेहरू यस्ता हुन्छन्, जो हतारहतारमा यन्त्रवत् कार्य सम्पादन गर्छन् । हातमा घडी हुन्छ, पलंग, दराज, बाथरुम जहाँतहीँ घडी खोज्दै झन्किदै हि“ड्छन् । मोजा खुट्टामा नै हुन्छ, मोजा कहा“ छ भनेर कराइरहेका हुन्छन् ।

प्रासंगिक स्मरण शक्तिका केही नमुनाहरू यस प्रकार छन्ः मलाई सम्झना छ, मैले हिजो बेलुकीको खानामा माछा खाएको थिए“ । हिजो बसमा एक विचित्रको मानिससँग भेट भयो । यसका साथै कतिपय मनोवैज्ञानिकहरूले चेतन स्मरण शक्तिअन्तर्गत दुर्गम स्मरण शक्तिकोबारे पनि उल्लेख गरेका छन् । बितेका घटनासँग सम्बद्ध अंक, आ“कडा, नाम तथा सूचनाहरूको स्मरण शक्ति नै दुर्गम स्मरण शक्ति हो । मनोवैज्ञानिक भन्छन्– यस्तो स्मरण शक्ति सेरेबेलम कर्टेक्सको चारैतिर फैलिएको हुन्छ । यो एक जटिल प्रकृतिको स्मरण शक्ति हो । समयान्तरस“गै यस किसिमको स्मरण शक्ति घट्दै जान्छ । जस्तो कि १० वर्ष पहिला चिनेको कुनै व्यक्तिको नाम याद नहुन सक्छ । पाँच वर्ष पहिलाको कुनै परीक्षामा कति अंक पाएको भन्ने कुरा पनि याद नहुन सक्छ ।

अघोषणात्मक स्मरण शक्ति

अघोषाणात्मक स्मरणशक्ति, त्यस्तो स्मरणशक्ति हो, जहा“ पेसीय कौशल, आदत तथा कन्डिसनिङबाट सिकेका अनुक्रियाहरू सञ्चित हुने गर्छन् । यस्तो स्मरण शक्ति अचेतन र अस्पष्ट हुने गर्छ । त्यसैले, यसलाई अस्पष्ट वा अन्तर्निहित स्मरण शक्ति आनीबानीस“ग सम्बन्धित स्मरण शक्ति तथा अचेत स्मरण शक्ति पनि भन्ने गरिन्छ । मनोवैज्ञानिकहरूले प्रक्रियागत स्मरण शक्तिलाई यसै स्मरण शक्तिअन्तर्गत राखेका छन् । यो स्मरण शक्ति सेरेबेलमसँग सम्बन्धित हुन्छ । यसको सम्बन्ध कुशलता तथा सीपस“ग सम्बन्धित छ । जस्तैः साइकल चलाउनु, गाडी चलाउनु, पौडिनु तथा नाकबाट सिंगान झर्न लाग्दा गोजीबाट रुमाल झिकेर पुछ्नु इत्यादि कार्य पनि प्रक्रियागत स्मरणशक्तिअन्तर्गत पर्छन् । यस किसिमको स्मरण शक्ति लामो समयसम्म पनि रहिरहन्छ । स्मरण शक्तिलाई जसरी वर्गीकरण गरे पनि सारमा भन्नुपर्दा स्मरण शक्तिका तीन स्तरहरू हुन्छन् र ती तीन स्तरका स्मरण शक्ति तथ्य र सीपमा आधारित हुन्छन् ।
स्मरण शक्तिको भाषा, प्रकृति तथा सिद्धान्त आदि बुझ्ने हो भने भने निश्चित रूपमा स्मरण शक्ति बढाउन सकिन्छ । जस्तो कि, कुनै पनि याद गर्नुपर्ने कुरालाई स्मरण शक्तिको भाषाअनुरूप सम्बद्धता गरेर याद गर्न सजिलो हुन्छ । त्यसैगरी, कुनै व्यक्तिको नाम बिर्सियो भने त्यो याद गर्न चेतन स्मरण शक्तिको सहयोग लिन सकिन्छ । जस्तो कि, त्यो व्यक्तिस“ग कहा“ भेट भएको थियो ? त्यसबेला ऊस“ग अरू कोको थिए ?

 

(Visited 70 times, 1 visits today)
Loading comments...