शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

मोटर स्पोर्टस् क्रेज

रामसूदन तिमल्सिना
3 months ago
05/01/2019

रामसूदन तिमल्सिना

सन् १८६७ मा पहिलोपटक मोटर रेसिङ भएको देखिन्छ भने फेडेरेसन इन्टरनेसनल डि अटोमोबाइल (एफआईए)द्वारा अनुमोदित विश्वकै उच्च तहको रेस फर्मुना वान सन् १९५० देखि सुरु भएको हो । फर्मुना वान एक शृंखलाको हुन्छ । जसलाई ग्रां प्रिका रूपमा लिइन्छ । जुन विश्वभरि नै सर्किट र सडकमा हुने गर्दछ । प्रत्येक रेसको मूल्यांकन गरेर अंक दिइन्छ ।
नेपालले अहिले नै फर्मुला वानको सपना देख्न नसके पनि त्यसको बाटो खन्न सुरु गरेको छ । नेपालमा करिब १० वर्षअघिबाट स्पोर्ट्सका रूपमा मोटर रेसिङ उदाएको हो । छोटो अवधिमै नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसनले रेसिङ सर्किट निर्माण गरेर वार्षिक रूपमा दर्जनौं रेस गर्न थालिसकेको छ । एफआईएको दक्षिण एसियाकै उत्कृष्ट संघका रूपमा यो उदाउन सफल भएको छ ।

एसोसिएसनले काभ्रेको धुलिखेलमा हिमालय मोटरल्यान्ड (नेपालकै पहिलो स्पोटर््स मोटर रेसिङ सर्किट) स्थापना गरेको हो । यो सर्किटले मोटर स्पोर्ट्समा नयाँ उचाइ प्रदान गर्ने मोटर स्पोर्टसका प्रवद्र्धक गोविन्द्र भट्टराई बताउँछन् । साहसिक र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि समर्पित मोटर स्पोर्टसले नेपालमा नयाँ उचाइ चुम्दै गरेको सन्दर्भमा सो सर्किट कोसेढुंगा साबित हुन सक्छ ।

धुलिखेल बसपार्कबाट दुई किलोमिटरको दूरीमा बीपी हाइवेसँगै जोडिएको सो सर्किट ३५ रोपनी क्षेत्रफलमा पैmलिएको हिमालय मोटरल्यान्डका संयोजक निरज खड्का बताउँछन् । ‘सर्किट दुई खालको छ, साढे ३ सय मिटर ढलान गरिएको छ भने ८ सय मिटर कच्ची अफ–रोड छ । यो दुवै जोड्दा १ हजार ५ सय मिटरको सर्किट छ,’ निरज भन्छन् ।
नासाले सो जग्गा १० वर्षका लागि भाडामा लिएर सर्किट निर्माण गरेको हो । दक्षिण एसियामैै एसोसिएसनकै पहलमा बनेको यो नै पहिलो सर्किट भएको नासाको दाबी छ । सर्किट निर्माणअघि नै नेपालमा मोटरबाइक रेसिङको लोकप्रियता बढेको थियो । यसले थप टेवा पु¥याउने नासाको मोटर एसोसिएसन क्लबका अध्यक्ष दीपक आचार्य बताउँछन् ।

मोटर स्पोर्टसका इभेन्ट निरन्तर गरिरहेका विनोद तण्डुकार नेपालमा फुटबल र क्रिकेटपछिको सबैभन्दा लोकप्रिय खेल मोटर तथा मोटरसाइकल रेसिङ हुन सक्ने दाबी गर्छन् । ‘फुटबल र क्रिकेटलाई भन्दा छिटो र कम लगानीमा नेपालको मोटर स्पोर्ट्सलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिन्छ । यसले रोड सेफ्टीदेखि पर्यटन क्षेत्रको विकासमा पनि टेवा पु¥याउँछ,’ उनी भन्छन्, ‘पछिल्लो समय युवा पुस्ताको आकर्षण यति धेरै छ कि त्यसलाई सम्बोधन गर्न राम्रैसँग वर्क आउट गर्नुपर्छ ।’
युवामाझ लोकप्रिय रहेको रेसमान्डुको उदाहरण दिँदै उनी भन्छन्, ‘टिकट बिक्रीबाट मात्र ६ लाखभन्दा बढी आम्दानी भएको थियो । जब कि व्यवस्थित स्थान नै थिएन । उभिएर इभेन्ट हेर्न पनि यति ठूलो भीड आउँछ भनेपछि व्यवस्थित भएको खण्डमा के होला ?’
नेपालमा पछिल्लोपटक नियमितजसो मोटर रेसिङका इभेन्ट हुन्छन् । विभिन्न कम्पनीले रेसिङ गराउन नेपालमा सर्किट पाएपछि दंग छन् त्यसैले पछिल्लोपटक नासाले हिमालयन मोटरल्यान्डमा एकेडेमीसमेत स्थापना गर्ने योजना ल्याएको छ ।
मोटरसाइलकका मात्र ४ सय क्लब बनिसकेको अवस्थामा व्यवस्थित गर्ने चुनौती पनि सँगसँगै थपिएको छ । ‘नेपालमा दुईपांग्रे र चारपांग्रे रेसिङको आकर्षण यति धेरै छ, यसका लागि हामी लागिपरेका छौं,’
भट्टराई भन्छन् ।

 

 

नेपालमा पछिल्लोपटक नियमितजसो मोटर रेसिºका इभेन्ट हुन्छन् । विभिन्न कम्पनीले पनि रेसिº गराउन नेपालमा सर्किट पाएपछि दंग छन् । पछिल्लोपटक नासाले हिमालयन मोटरल्यान्डमा एकेडेमीसमेत स्थापना गर्ने योजना ल्याएको छ

 

नासाले मोटरसाइकल स्पोर्टसका साथै मोबिलिटी एन्ड ड्राभिङ टुरिज्ममा पनि फोकस गरिरहेको नासाका अध्यक्ष दशरथ रिजाल बताउँछन् । ‘सुरक्षित र दिगो मोबिलिटी तथा रोड सेफ्टीमा समेत हामीले काम गरिरहेका छौं,’ उनी भन्छन् ।
विविध कार्यमा नासाको गतिविधि अघि बढिरहेको भए पनि मोटर स्पोर्ट्सतर्फ भने नासाले सोचेभन्दा दु्रत गतिमा युवाको चासो बढाउन सफल भएको हो । महिला खेलाडी दीक्षा श्रेष्ठ भन्छिन्, ‘सुरुमा म रेसिङमा सहभागी हुँदा महिला मात्र होइन, पुरुष पनि कम थिए । अहिले महिलाको आकर्षण पनि बढेको छ । लंैगिक हिसाबले पनि मोटर रेसिङ महŒवपूर्ण छ ।’

आशिष भारतीको अनुभव पनि उस्तै छ । अझ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरका रेसिङमा सहभागी हुन पाउनु युवाको सपना नै हुने गर्दछ । नेपालबाट सन् २०१९ का लागि मात्र पाँचवटा एसिया स्तरका रेसिङमा सहभागिता जनाउने निश्चत भइसकेको छ । यसले पनि नेपालका रेसर कम छैनन् भन्ने देखाउँछ । त्यसैगरी, देशभित्र हरेक महिनाजसो इभेन्ट भइरहेका हुन्छन् । नेपालमा अटो जिमखाना, ¥याली क्रस, अटोक्रस र ड्रिफ्टिङका इभेन्ट हुन्छन् । ‘हाम्रो जस्तो देशमा कस्ता इभेन्ट भइरहेका छन् भनेर हामी खोजी पनि गरिरहेका हुन्छौं,’ निरज भन्छन्, ‘त्यसैगरी, रोड सेफ्टीको विषयमा जनचेतना जगाउनका लागि पनि हाम्रो इभेन्ट र गतिविधि सक्रिय छ ।’नेपालमा हुने केही मोटर  स्पोर्टसका इभेन्ट यस्ता छन् ।

अटो जिमखाना

नेपालमा पछिल्लो समय चारपांग्रे र दुईपांग्रे रेसिङमा बढी प्रयोग हुने नाम हो जिमखाना । विशेष गरी, नेपालजस्ता साना देशका लागि डिजाइन गरिएको यसको प्रतिस्पर्धा सहरी क्षेत्रमा हुन्छ । यो टाइम र स्पिड इभेन्टका रूपमा रहन्छ । यसमा टायर र अन्य बाधा सिर्जना हुन्छन् । यसमा ड्राइभिङ टेक्निक प्रयोग हुन्छ । मोटर साइकलको जिमखानालाई भने मोटो जिमखाना भनिन्छ ।

र्‍याली  क्रस

यो स्प्रिन्ट शैलीको अटोमोबाइल रेसिङ हो । मिश्रित सतहको क्लोज सर्किटमा यो रेस हुन्छ । हिमालय मोटरल्यान्डमा र्‍याली  क्रस भइरहेका छन् । यसमा पनि युवाको आकर्षण बढ्दो छ ।

अटो क्रस

कच्चा र पक्की सडकमा गराइने रेसिङ हो, अटो क्रस । धुलिखेलको हिमालयन मोटरल्यान्डमा यो रेस गरिन्छ । यसमा एउटा÷एउटा गरेर गाडी कुदाइन्छ ।

ड्रिफ्टिङ

यो ड्राइभिङ टेक्निक हो । जहाँ ड्राइभरले जानीजानी ओभर स्टेयर गर्दछ । ह्यान्डबे्रक प्रयोग गरेर गाडी घुमाउने कला यसमा प्रयोग हुन्छ । यो रेसको जन्मदाता जापान हो । अल जापान टुरिङ कार च्याम्पियनसिपमा यो निकै लोकप्रिय छ । सन् १९७० मा मोटरसाइक्लिस्ट कुनिमिट्सु ताकाहासीले यो टेक्निक प्रयोग गरेको बताइन्छ । यसमा बढीभन्दा बढी अंक हासिल गर्ने उद्देश्य लिइन्छ ।
यसैगरी, नेपालमा क्रस कार रेसिङ पनि गर्न सकिने नासाको दाबी छ । क्रस कारका लागि दशरथ रंगशाला प्रयोग गर्न सकिन्छ । ट्र्याक एन्ड फिल्डमा प्ल्यास्टिक बिच्छाई माटो हालेर ठूलो स्टेडियमभित्र यो रेस गर्ने सोच नासाको छ । नेपालमा क्रस कारबाहेकका अन्य रेसिङ भइसकेका छन् ।

धुलिखेलको हिमालय मोटरल्यान्डबाटै नासाले टुरिङ ¥याली निकाल्ने र समापन गर्ने योजना बनाएको छ । पछिल्लो समय टुरिङ ¥यालीमा ठूलो आकर्षण बढेको छ । प्रतिस्पर्धा र भ्रमण दुवै हुने भएकाले पनि यसमा आकर्षण बढेको हुनुपर्छ । रारा ¥याली र पाथीभरा ¥यालीप्रति आकर्षण बढ्दो छ । नासाका विनोद तण्डुकार भन्छन्, ‘नेपालको पर्यटनका नयाँ क्षेत्रका रूपमा मोटर स्पोटर््स आइरहेको छ । यसलाई आत्मसात् गर्न सकेको खण्डमा ठूलो उपलब्धि हुन्छ ।’
दुईपांग्रको प्रयोगकर्ता बढी भएकाले यसका इभेन्टमा पनि सहभागिता उच्च रहने गरेको छ । मोटो जिमखाना, मोटो क्रस, रोड रेस, ड्र्यागन रेस, सर्किट रेस, ट्र्याक रेस, अफरोड रेसिङ टीडीएस ¥यालीहरूमा युवाको ठूलो आकर्षण रहेको विनोद तण्डुकार बताउँछन् । पछिल्लो समय त धेरै कम्पनीले स्थायी सर्किट बनेपछि इभेन्टहरू आयोजना गर्न चासो देखाइरहेका छन् । ब्रान्डिङ र मार्केटिङका लागि पनि इभेन्ट हुन्छन् ।

 

(Visited 57 times, 1 visits today)
Loading comments...