मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने तयारी

राजधानी समाचारदाता
3 months ago
10/01/2019

 

 

 

काठमाडौं । अध्यागमन विभागले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको स्तरोन्नतिलगायत १७ बुँदे सुधारका कार्ययोजना अघि सारेको छ । अध्यागमन विभागले सुरक्षाको हिसाबले संवेदनशील मानिएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने तयारी थालेको हो ।

विभागले यस आर्थिक वर्षभित्र विमानस्थलको आगमन र प्रस्थान कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्ने जनाएको छ । आगामी आर्थिक वर्षभित्र नेपाल भित्रिने र बाहिरिने प्रत्येक विदेशी यात्रुको बायोमेट्रिक विवरणसहित अध्यागमन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल सञ्चालनमा आउनासाथ अध्यागमन सेवा सञ्चालन गर्न तयार अवस्थामा रहेको विभागले जनाएको छ । लामो समयसम्म भिसा नियमित नगराई गैरकानुनी रूपमा नेपाल बसेका विदेशी नागरिकको सूक्ष्म निगरानी सुरु गरिएको छ । अध्यागमन ऐनलाई प्रतिस्थापन गर्दै नयाँ अध्यागमन ऐनलाई कार्यान्वयनमा ल्याउन मस्यौदा तयारी भई गृह मन्त्रालयमा पठाइएको उनले जानकारी दिए ।

बुधबार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले विदेशी नागरिकको बायोमेट्रिक विवरणसहित रहने गरी विमानस्थलको स्तरोन्नतिको काम सुरु भएको बताए ।

यसका लागि विभागले विभागका इन्जिनियरलाई जिम्मा दिइसकेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार गत नौ महिनाको अवधिमा ८४ जना विदेशी नागरिकलाई नेपाल फिर्ता पठाइएको छ । विभागको तथ्यांकअनुसार पछिल्लो अवधिमा विभिन्न देशका ११ लाख ७३ हजार ३५८ जना विदेशी नेपाल भित्रिएका छन् ।

 

(Visited 58 times, 1 visits today)
Loading comments...