मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य,–अस्तित्वमा घात प्रतिघातको कालो बादल

राजधानी समाचारदाता
2 weeks ago
10/01/2019

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको टिप्पणी गरेका छन् ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा यस्तो अवस्था आएको दाबी गरेका छन् ।

उनले हरेक स्वतन्त्र राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने भन्दै यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्याउनेलाई प्रोत्साहन कुनै पनि वाद वा विचारको आडमा गर्न नहुने बताएका छन् ।

(Visited 269 times, 1 visits today)