शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

एकता दिवसमा बिदा दिन माग

राजधानी समाचारदाता
2 months ago
11/01/2019

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोलि राष्ट्रिय एकता दिवस देशव्यापी रूपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने, ‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन । एकीकरणको गौरव र इतिहास कहिल्यै पनि परिवर्तन हुँदैन ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भोलि राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउन आग्रह गरेका छन् । उनले भने, ‘पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउछौं । शाहले एकीकरण गरेको होइन, गोरखा विस्तार गरेका हुन् भनेर व्याख्या गरेको पनि पाइयो । तर, दुवैको परिणाम एउटै हो, आधुनिक नेपाल निर्माण ।

नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारतमा जस्तै नेपालमा पनि ब्रिटिस साम्राज्यको प्रभाव पार्न खोजिएको भए पनि पृथ्वीनारायण शाहले उनीहरूको षड्यन्त्र असफल पारिदिएको स्पष्ट पारे । उनले भने, ‘१७६७ मा सिन्धुलीगढीमा अंग्रेज सेनाहरूलाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाउनुभयो ।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्नका लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ ।’

आफ्नो पार्टीले प्रत्येक वर्ष २७ पुसमा देशव्यापी रूपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए । उनका अनुसार राप्रपाले भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि ३ बजेसम्म चियापान राखेको छ ।

फरक प्रसंगमा उनले आफ्नो पार्टी राप्रपाले नेपाललाई हिन्दूराष्ट्रका रूपमा पुनस्र्थापन गर्न माग राखेर आगामी ७ फागुनबाट जनसंघर्ष गर्न लागेको पनि जनाए । ७ फागुनमा केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरू र ७७ वटै जिल्लाका सीडीओहरूलाई हिन्दूराष्ट्र पुनस्र्थापनाको माग राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय भइसकेको थापाले सुनाए ।

आफूहरूले राखेका मागहरू फागुन मसान्तभित्र पनि पूरा नभए १ चैत्रबाट जनसंघर्ष गर्ने थापाको चेतावनी छ । उनले भने, ‘जनसंघर्षको तयारीस्वरूप हाम्रो पार्टीले ७ वटै प्रदेशमा प्रशिक्षण सञ्चालन गरिसकेको छ ।

(Visited 36 times, 1 visits today)
Loading comments...