मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

यसकारण पृथ्वीनारायण शाह महान हुन्

2 months ago
11/01/2019

डा. पुरुषोत्तम मरहठ्ठा

नेपालीहरू भावनामा निकै बग्छन् । भावनामा बग्दा कहिले कसैलाई हिरो बनाइदिन्छन् भने कहिले जिरोमा नै पु¥याइदिन्छन् । हिरो र जिरोको गणितमा चेसको गोटीझैं बेलाबखत तिनीहरूले क–कसलाई प्रयोग गर्न पुग्छन् थाहा पत्तो हुँदैन । नेपाली जनताले कुनै समय बहुदलीय व्यवस्थाको आगमनमा दिपावली र गुम्दा पनि दिपावली गरेका छन् । एकीकरणका नायक पृथ्वीनारायण शाहलाई समेत एक थरीले सत्तोसराप गरे भने अर्का थरीले देवत्वकरण गरिदिए । वास्तवमा उनी नेपाल र नेपालीका लागि राष्ट्रवाद र देशभक्तिको एक पर्यायवाची बन्न पुगेका थिए । नेपाली हौं भनेर गर्व गर्नेले उनको २९७औं जयन्तीलाई अझैसम्म एकता दिवसका रूपमा मनाइरहेका छन् । सरकारले सो दिन सार्वजनिक बिदा नदिए पनि सेनाले सिंहदरबारअगाडि रहेको उनको सालिकलाई रंगरोगन भर्ने काम मात्र गरेको छैन, यस वर्ष २७ पुसकै दिन पारेर सेनापति भारत प्रस्थान गर्दै छन् ।

सबैभन्दा आश्चर्यको कुरा पृथ्वीनारायण शाहले जुन दुई ढुंगाबीचको तरुलको उदाहरण दिएर नेपालको भौगोलिक अवस्थामाथि प्रकाश पारेका थिए ल्यान्डलकलाई ल्यान्डलिंक गर्ने नाममा कतै यो दुईतिहाइ बहुमतमा दम्भ भएको सरकारले इन्डो प्यासिफिकमा समर्थन खोजिरहेको अमेरिका र जापानको लाइनमा नेपाललाई केन्द्रीय भूमिकामा राखिदियो भने नेपालले कुनै एउटाको पक्ष लिनुपर्ने हुन्छ, त्यो भनेको नेपालले लिएको तटस्थताको अन्त्य हुनु हो ।
अमेरिका अहिले चीनको शक्तिलाई रोक्न विभिन्न रणनीतिहरू प्रयोग गर्दै छ । जापानका विदेशमन्त्री तारो कोनोले भारतीय विदेशमन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदीसँग इन्डो प्यासिफिक क्षेत्र र यसको रणनीतिको प्रयोगमा दक्षिणतर्फको लाइन लिएर आएका छन् । अर्कोतिर नेपाली समकक्षीले यसअघि सम्पन्न अमेरिकाको भ्रमणमा माइकल पोम्पेओसँगको वार्ताले पनि त्यही इन्डो प्यासिफिकमा नेपालको भूमिका खोजेकाले अबका दिनमा नेपाल कतै भारत, जापान र अमेरिकाको लाइनमा लाग्ने त हैन ? चिन्ताको विषय बनेको छ । दुई ढुंगा तरुलको विपरीत नीतिमा जानु भनेको राज्य सञ्चालनका लागि आजभन्दा २४४ वर्षअघि नेपाल एकीकरणका नायकले दिएको दिव्योपदेशविपरीत हुन सक्छ । एकीकरणकै अवसर पारेर विदेशमन्त्री र सेनापति भारत भ्रमणमा जानु संयोग हो वा दक्षिणी छिमेकको रणनीति आउने दिनमा बिस्तारै देखिनेछ ।

भ्रष्टाचारले गन्हाएको वर्तमान समयमा इतिहासले गर्व गर्न सक्ने युग पुरुष यदाकदा समयले जन्माउने रहेछ । उनले घुस खाने र घुस दिनेले मुलुकमाथि अन्याय गर्ने हुनाले देशका लागि यी दुवै राज्यका महाशत्रु हुन्, तिनको जीउ धन गरी लिए पनि पाप छैन भनी त्यस्ताको निन्दा गरेको पाइन्छ । त्यसैले, भ्रष्टाचारमा अहिले भन्ने गरिने शून्य सहनशीलता देखाउन ठकुरी जाँची डिठ्ठा, मगर जाँची विचारी, कचहरी पिच्छे पण्डित, शास्त्रबमोजिम न्याय दिने क्रममा लोभलालच भएको व्यक्तिको जातिगत स्वभावलाई उनले केलाए । मुलुकले अझैसम्म एकता दिवस त मनाइरहेको छ । तर, उनले त्यसैसमय एकीकरण चालू राख्न दिएको उपदेशको अर्थ अहिलेसम्म कसैले बुझ्न सकेको छैन । सायद यथास्थितिमा रमाउने नेपालीलाई परिवर्तन रोज्न उनले मंगलोच्चरण गरेको देखिन्छ ।
इतिहासकारहरू यस कुरामा सहमत छन् यदि पृथ्वीनारायण शाह नभएका भए कम्पनी सरकारको आक्रमणकारी सेनालाई लखेट्न सम्भव थिएन । लगभग ३ दशकसम्म नेपालमा अविच्छिन्न मुख्तियार बन्न सफल बेलायती साम्राज्यविरोधी भीमसेन थापाको अन्त्य कसरी मार्मिक बन्यो । यहाँ देशभक्तिको वकालत गर्दा ‘अकेले चलो’ हुनुपर्दछ । बहादुर शाहको जीवनकालपछि नेपालीहरूमा युद्धमा होमिने जुझारूपन कायम राख्न सफल देखिन्नन् । भारदारहरू विलासी भइदिए । पछि मुलुकमा केही थिति बाँध्न खोजे पनि ढिलो भइसकेको थियो । एकीकरणका नायकलाई त्यति ठूलो समय नै मिलेन । जति मिल्यो उनले देशका लागि प्रभावकारी काम देखाएर नै गए ।

उनको सम्झनालाई दोस्रो जनआन्दोलनपछि केही ओझेलमा पार्ने काम भए पनि देशभक्त र राष्ट्रवादी नेपालीहरूले चोटा, कोठा र बार्दलीमै बसेर उनको सम्झना गरी नै रहे । देशभक्ति र राष्ट्रवादको विशुद्ध उदाहरण बनेका पृथ्वीनारायण शाहले नै ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारका आक्रमणकारी सेनालाई नेपाल शरहदबाट लखेट्न सफल भए । दोस्रो जनआन्दोलनका नायकहरूले पृथ्वीनारायण शाहलाई यसरी ओझेलमा पारे मानौं विशाल नेपालका नायक बहुदलवादीहरूका लागि सम्झनाको विषय नै बन्न छाड्यो । जब मुलुकमा नाकाबन्दी र सीमा विवादले घेरा हाल्यो, तब राष्ट्रवादी र देशभक्तहरू उनको खाँचो देख्न थाले ।
ससाना राज्यलाई एकीकरण गर्दै नेपाललाई बलियो र संगठित बनाई बाइसे र चौबिसे राज्यलाई एउटै नेपालमा एकीकृत बनाउन सफल पृथ्वीनारायण शाहले यो काम अढाई सय वर्षअगाडि नै गरिसकेर नासो जनतालाई दिएका थिए । तर, सम्हाल्ने गतिलो नपरेपछि धेरैपटक नेपालीले दुर्गति भोग्न बाध्य भए । एकीकरणमा नेपालका सबै जनजातिहरूको उत्तिकै रगत पसिना बगेकोमा पृथ्वीनारायणले मात्र बेग्लै जस लिन कहिल्यै खोजेनन् । उनीपछिका उत्तराधिकारीहरूमा म नै राज्य हुँ भन्ने ‘लुई शैली’ विकास भएकै कारण आन्दोलनकारी जनताले त्यस्ता विलासी राजतन्त्रलाई सम्झनु आवश्यक देखेन । इटालीलाई एउटा संगठित राष्ट्र बनाउन ग्यारिबेल्डी, र मेज्जिनीकोे ठूलो योगदान थियो । जर्मन एकीकरणमा विष्मार्कको योगदान थियो ।

 

 

इतिहासकारहरू यस कुरामा सहमत छन्, यदि पृथ्वीनारायण शाह नभएका भए कम्पनी सरकारको आक्रमणकारी सेनालाई लखेट्न सम्भव थिएन । लगभग ३ दशकसम्म नेपालमा अविच्छिन्न मुख्तियार बन्न सफल बेलायती साम्राज्यविरोधी भीमसेन थापाको अन्त्य कसरी मार्मिक बन्यो

 

कर्णाली क्षेत्रमा २२ वटा र गण्डकी क्षेत्रमा २४ वटा राज्यहरू भएको प्राचीन नेपालको पूर्वी क्षेत्रमा सेन राजाहरूका मकवानपुर, विजयपुर उपत्यकामा कला र संस्कृतिको चरम विकासमा पुगेको नेपालमण्डल कान्तिपुर, भक्तपुर, र ललितपुर एकीकरणपछि झन् विस्तार हुँदै गएको थियो । एउटा कुरा नेपालीले स्वीकार्नै पर्छ पृथ्वीनारायण शाहको जीवनकालपछि नेपालीहरूमा देशप्रति लड्ने र भिड्ने क्षमता गुमेकै हो । दरबारभित्र षड्यन्त्र, देशप्रति षड्यन्त्र, दलहरूभित्र आरोप प्रत्यारोप, भारदारमा काटमारको स्थिति, कोतपर्वको उदय सबै पृथ्वीनारायण शाहको अन्त्यपछि मुलुक बेथितिको चांगमा सुत्न पुगेको छ । नेपाल अंग्रेज युद्धमा अपूर्व वीरता प्रदर्शन गर्ने नेपालीहरू कालान्तरमा लाहोर गएर लाहुरे बने । नेपालमा छल, बल र कल भएको अवस्थामा युरोपले भने सानदारसँग औद्योगिक क्रान्ति गरेर जनताको आवश्यकता पूरा गर्दै थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले शाहस वीरता र पराक्रमले २२ से र २४ सेलाई एकीकरण गरी अखण्ड नेपाल पुर्खालाई सुम्पेका थिए ।
एकीकरण नभएको भए नेपालले सार्वभौम सत्ता सम्पन्न मुलुकको हैसियत पाउन मुस्किल नै थियो । उत्तरतिरको छिंग साम्राज्यले तिब्बतमाथि नियन्त्रण गरेपछि नेपालमा गोरखा वंशले एकीकरण अभियान थाल्दा नेपालले त्यस समय दुवै देशको दबाब सामना गर्न बाध्य भएको थियो । भारत १५ अगस्ट सन् १९४७ मा स्वतन्त्र भएपछि लर्ड लुइ माउन्ट बैटनले स्वतन्त्र हुने तारिख जानेरै राखेका थिए । कारण यसै दिन जापानले द्वितीय विश्वयुद्धमा समर्पण गरेको दोस्रो वर्ष थियो १५ अगस्ट १९४५ । यस समय माउन्ट बैटनले भारतको स्वतन्त्रताका लागि तय गरेका थिए ।

लौह पुरुष सरदार पटेलले ५६२ राज्य र जौटाहरूलाई भारतमा मिलाएर भारतलाई एक सूत्रमा बाँध्न पुगे । अन्तरिम सरकारका उपप्रधान तथा गृहमन्त्री पटेलले जूनागढ, हैदरावाद, र काश्मीरसहित ५६५ ससाना राज्यहरूले स्वैच्छाले नै भारतीय परिसंघमा सामेल हुने स्वीकृति दिएका थिए । जुनागढ र हैदरावादले पाकिस्तानमा मिल्ने घोषणा गरेको थियो । काश्मीरले स्वतन्त्र रहने इच्छा देखाएको थियो । तर, सेनाको बलमा तिनलाई भारतमा विलय गराइएको थियो । भोपालले अन्तिम समयमा गएर भारतीय संघमा विलीन हुन स्वीकृति जनाएको थियो ।
जसरी भारतमा बेलायती साम्राज्यको रजगज रहँदा फुटाउ र शासन गरको नीतिअनुसार भारतीय नागरिकलाई जाति सम्प्रदाय र धर्मअनुसार अलगअलग समूहमा बाँडिएर राखिएको थियो । अहिले त्यही नीति नेपालमा अपनाउन केही तŒव सल्बलाएका छन् । तिनीहरूको केही नीतिले हिन्दूमाथि भेदभाव राख्थ्यो भने केहीले मुसलमानमाथि राख्ने गरेको थियो । तर, पृथ्वीनारायण शाहले मुलुकभित्र यस्तो भेदभाव र विभाजनको खेल कहिल्यै गरेनन् । भारतमा जस्तो स्वतन्त्रता आन्दोलन क्लाइमेक्समा पुग्दा हिन्दू र मुसलमानले जितौरी खोजेको जस्तो यहाँ कसैले पनि स्वार्थ देखाएनन् । सर माउन्ट बैटन योजनाअनुसार सिरिल रेडक्लिफले भारत र पाकिस्तानबीचको सीमा रेखा खिचेजस्तो नेपालको १२५ जातजातिका लागि मुलुक नै विखण्डन हुने अवस्था नेपालमा छैन किनभने कुनै पनि जाति कहीँ पनि बहुमतमा छैनन् । हो, नेपालबाट ४० लाख इकोनोमिक माइग्रेसन भने आफ्नो र परिवारको सम्पन्नताका लागि मुलुक छोडेका छन् ।

धार्मिक समन्वय भएको यो मुलुकमा बेलाबखत देशका ठूला राजनीतिज्ञ भनाउँदा नै स्टेट मेसिनरी प्रयोग गरेर क्रिस्चियानिटीको अभिषेक खान पुगेको देख्दा राइस क्रिस्चियनको सम्झना आउँछ । भारतमा पनि भएको त्यही हो, स्वतन्त्रता आन्दोलनलाई नियन्त्रण गर्न हिन्दू मुस्लिम सम्प्रदायको नेतामा होड चलेको देखिन्छ । यसैअनुसार हिन्दू बहुमत भारतमा, मुस्लिम बहुमत पाकिस्तानमा सामिल हुन पुग्यो । सन् १९४७ मा ब्रिटिस संसद्ले भारतीय स्वतन्त्रता अधिनियम पारित गरेर विभाजनलाई अन्तिम रूप दिएको थियो । भारतको संघीयतामा लगभग ५६५ राज्य रजौटाहरू प्रवेश गरेका थिए, तिनलाई मिलाएर राखियो ।
तर, नेपालमा अहिलेको ७ प्रदेशलाई मिलाउन सकस भएको देख्दा यहाँका सत्ता चलाउने चतुर खेलाडीहरूले भूगोलको बेवास्ता गरेको देखियो । नेपालको भूगोल बुझ्नेले विशाल नेपालको सामरिक रणनीति बुझेर अघि बढ्ने हो भने यो मुलुक कहिल्यै धरापमा पर्नेछैन । अन्यथा, भारत र चीनको चेपुवामा यो मुलुक विभेद र उत्पीडनको सिकार बन्न पनि सक्छ । नेपाली राष्ट्रियता र राष्ट्रवादका लागि देश भक्तिमा गौरव गर्न नेपालीले पृथ्वीनारायण शाहलाई आज एक दिन होइन नेपाल रहेसम्म कृतज्ञतापूर्वक सम्झि नै रहनेछन् ।

 

(Visited 33 times, 1 visits today)
Loading comments...