बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

ललिता र विमलालाई स्वर्ण

राजधानी समाचारदाता
5 months ago
11/01/2019

काठमाडौं। पहिलो संस्करणको इन्द्रमाया महर्जन मेमोरियल अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालले वर्चस्व जमाएको छ । प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढा मगरलाई ५–० ले हराउँदै स्वर्ण जितिन् । महिला ५१ केजीमा विमला श्रेष्ठले नेपालकै माला राईलाई ३–२ ले पछि पार्दै स्वर्ण जितिन् ।

महिला ५४ केजीमा नेपालकी मिनु गुरुङले नेपालकी निशा तामाङलाई उपाधि भिडन्तमा अंकको आधारमा ३–२ ले हराउँदै स्वर्ण जितिन् । महिला ६० केजीको उपाधि भिडन्तमा एपीएफमा आबद्ध संगीता सुनारले नेपालकै पुनम रावललाई अंकको आधारमा ३–२ ले हराउँदै स्वर्ण जितिन् ।

बोसीगाउँमा भएको पुरुष ४९ केजीको फाइनल भिडन्तमा नेपाली सेनामा आबद्ध तेजबहादुर देउवाले नेपालकै प्रदीप महर्जनलाई नकाआउट गदै स्वर्ण जिते ।

पुरुष ५२ केजी तौल समूहको उपाधि भिडन्तमा नेपाली सेनामा आबद्ध प्रेम चौधरीले भारतका सचिनलाई आरएससीको आधारमा पराजित गदै स्वर्ण जिते ।

पुरुष ५६ केजी तौल समूहको फाइनल खेलमा नेपालका पुरन राईले नेपालकै विमल रोका मगरलाई पराजित गदै स्वर्ण जितेका छन् ।

पुरुष ६० केजीको फाइनलमा भुटानका निमा दोर्जीले नेपालका एकबहादुर घलेलाई ३–२ ले स्तब्ध पादै स्वर्ण जिते । पुरुष ६४ केजीमा नेपाल पुलिसमा आबद्ध भुपेन्द्र थापा मगरले भुटानका दोर्जी वाङ्जेली उपाधि भिडन्तमा अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् ।

पुरुष ६९ केजीको फाइनल भिडन्तमा एपीएफका  विकास लामाले नेपालकै विष्णुप्रसाद घलेलाई अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ७५ केजीमा नेपाल आर्मीमा आबद्ध दीपक श्रेष्ठले नेपालकै रवि सुनारलाई नकआउट गदै स्वर्ण जिते । विजेतालाई नेकपा सभासद् पम्फा भुसाल, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।

 

(Visited 23 times, 1 visits today)
Loading comments...