शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

पुलिसको प्रतिद्वन्द्वी एपीएफ

राजधानी समाचारदाता
2 months ago
11/01/2019

 

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको होङवान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा साविकको उपविजेता विभागीय नेपाल एपीएफ क्लबले अर्काे प्रतिद्वन्द्वी पाएको छ ।

नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको क्वार्टरफाइनल खेलमा पुलिसले चितवन टाइग्रेसमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । पुलिसले चितवनमाथि २५–१७, २५–७ र २५–१० को सहज जित निकालेको थियो । बिहीबारै भएको अर्काे खेलमा एपीएफले पारामाउन्ट स्कुलमाथि ३–० को सहज जित निकाल्दै पुलिससँगको भेट पक्का ग¥यो । एपीएफले पारामाउन्टलाई २५–३, २५–१० र २५–१५ ले पराजित गर्दै सेमिफाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँगको भेट पक्का ग¥यो । खेल शुक्रबार १ बजे हुनेछ ।

यस्तै, बिहीबारै भएको खेलमा आयोजक तथा साविकको विजेता न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले न्यु डायमन्डलाई पहिलो सेटमा कडा चुनौती दिए पनि रोक्न सकेन । न्यु डायमन्डले पहिलो सेट २५–२३ ले जित्न सफल भएको थियो । दोस्रो सेटमा निरीह बनेको आर्मीले न्यु डायमन्डलाई २५–१३ ले नतिजा सुम्पदा डायमन्डले खेलमा २–० को अग्रता बनायो । तेस्रो सेटमा डायमन्डले आरामदायी अग्रता बनाए पनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै खेललाई रोमाञ्चक बनाएको थियो । तर, न्यु डायमन्डले खेललाई २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अर्काे खेलमा पोखराको टप्स माविले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा न्यु डायमन्डसँगको भेट पक्का ग¥यो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा टप्सले पहिलो सेट २५–६ ले सहजै आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २१–२५ ले गुमाउँदा खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तेस्रो सेट टप्सले सहजै २५–१६ ले जितपछि टप्स २–१ ले अघि बढेको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा १८–१८ को बराबरीको अवस्थमा टप्सले उच्च प्रदर्शन गर्दै चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेल ३ बजेपछि सुरु हुनेछ ।

गत मंगलबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुने टिमले १ लाख १ हजार र चौथोले ५१ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता २८ पुससम्म सञ्चालन हुनेछ ।

 

(Visited 26 times, 1 visits today)
Loading comments...