मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

फिदिममा घन्किँदै नेपथ्य

राजधानी समाचारदाता
2 weeks ago
11/01/2019

 

 

काठमाडौं  । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ‘नेपाल यात्रा’ हालै सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्वतिरै लाग्ने भएको छ । यसै क्रममा नेपथ्यले २ माघमा फिदिममा कन्सर्ट गर्ने जनाएको छ । फिदिममा पहिलोपटक प्रस्तुत हुन लागेको नेपथ्यले जनाएको छ । फिदिमको फिदिम उच्च माविको खेल मैदानमा ब्यान्डले लोकरक तथा अन्य सिर्जनाहरू सुनाउने यसका प्रमुख अमृत गुरुङले बताएका छन् ।

स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवद्र्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफा रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ ।

‘दसैंलगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुकभर चारवटा सहरको नेपाल यात्रा गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरबाट कन्सर्टका निम्ति प्रस्ताव आएको थियो ।

त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो ।’ अमृतले भने, ‘केही वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुल्न सकेको छैन । ठूला व्यावसायिक आयोजनाको आफ्नै महŒव छ ।’ आफूलाई साना सहरका श्रोताहरूको घेरामा पुग्दा अझ आनन्द लाग्ने उनले बताए । नेपथ्य कन्सर्टका निम्ति ब्यान्ड काठमाडौंबाट प्रस्थान गर्ने अन्तिम तयारीमा छ ।

सधैंजस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनेछन् ।

(Visited 16 times, 1 visits today)