शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

उच्चपदस्थको मर्यादाक्रममा व्यापक हेरफेर

राजधानी समाचारदाता
2 months ago
11/01/2019

 

काठमाडौं। सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम हेरफेर गरेको छ । यसअघि रहेको १ देखि ३ नम्बरसम्मको मर्यादाक्रम यथावत राख्दै अन्य मर्यादाक्रममा व्यापक हेरफेर गरिएको हो । जसअनुसार पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमशः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री रहेका छन् । संघीय शासन प्रणाली स्थापित भइसकेपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले १५ माघ २०७४ मा नयाँ मर्यादाक्रम कायम गरेको थियो तर सो मर्यादाक्रममा धेरै त्रृटि पाइएको भन्दै सरकारले नयाँ मर्यादाक्रम निर्धारण गरेको हो ।

यसअघि मर्यादाक्रमको चौथो नम्बरमा प्रधानन्यायाधीश रहेकोमा अब सो नम्बरमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष थप गरिएको छ । मर्यादाक्रमको पाचौं नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रहेका छन् भने छैठौं नम्बरमा प्रदेश प्रमुख रहेका छन् । प्रदेश प्रमुख आफ्नो प्रदेशमा छैठौं नम्बरमा रहे पनि अन्यत्र जाँदा भने उनलाई संघीय सरकारका मन्त्रीभन्दा तल्लो मर्यादाक्रममा राखिएको छ । मर्र्यादाक्रमअनुसार संघीय सरकारका मन्त्रीलाई सातौं नम्बरमा राखिएको छ ।

नेपाल सरकारका राज्यमन्त्रीलाई आठौं नम्बरमा राखिएको छ । यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुखलाई नेपाल सरकारको सहायकमन्त्री तथा प्रदेश सरकारको मन्त्रीको हैसियतमा राखिएको छ । उनीहरूलाई मर्यादाक्रमको नवौं नम्बमा राखिएको छ । सरकारका मुख्य सचिवलाई पनि मर्यादाक्रमको नवौं नम्बरमै राखिएको छ । काठमाडौं महानगरपालिकाबाहेकका महानगर प्रमुख तथा जिल्ला समन्वय समितिका सदस्यलाई १०औं नम्बरमा राखिएको छ । संवैधानिक निकायका सदस्य तथा आयुक्त, न्यायपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसद्का महासचिव, गभर्नर प्रज्ञा प्रतिष्ठानका कुलपति र विश्वविद्यालयका उपकुलपतिलाई ११औं नम्बरमा राखिएको छ । यस्तै सरकारका सचिवहरू, प्रहरी महानिरीक्षकलगायतलाई १२औं नम्बरमा राखिएको छ ।

 

 

(Visited 25 times, 1 visits today)
Loading comments...