शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

जलवायु परिवर्तन र स्वास्थ्यमा असर

डा. प्रकाश बुढाथोकी
2 months ago
10/01/2019

डा. प्रकाश बुढाथोकी

वातावरणको परिवर्तनले संसार तातेको छ । यस शताब्दीको अन्तसम्म वा सन २१०० सम्म अझ ६ डिग्री सेल्सियस बढ्ने अनुमान छ । यसैका कारण सन २०५० मा सागरको पानी २१ से.मी.माथि आउने छ । सागरको छेउछाऊ बस्ने १० करोड बेघरबार हुनेछन् । ३ करोडमा भोकमरीमा पर्नेछन् भने १७ करोडका लागि पिउने पानीको समस्या आउने छ । यो भविष्यवाणी बैज्ञानिकहरुले अहिले नै गरिसकेका छन् । खडेरी, बेमौसममा भारी बर्Èा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा बृद्धि, तातो दिन र तातो रातहरुको बृद्धि, शीतलहरका दिन र समयमा वर्षा नहुनेकारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ । खाद्यान्नको अभाव भएको छ । पौष्टिकतामा कमी आएको छ । कुपोÈणको अवस्था बढेको छ । मानिस होचापुड्का हुँदै गएका छन् । शारीरिक र मानसिक रुपमा कमजोर हुँदै गएका छन् । भविष्यमा कुपोÈणको समस्या र उत्पन्न स्वास्थ्य समस्याको बृद्धि झनै बढ्ने पक्का छ । पोÈकतत्वको कमी हुनासाथ शरीरलाई शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक बृद्धि विकास गर्न र रोगविरुद्ध लड्ने Ôमता बृद्धि गर्न सक्दैनन् । कुपोÈित नागरिक हु“दा विभिन्न रोगहरुको संक्रमणको खतरा बढ्ने, संक्रमण काल लामो रहने तथा गाम्भीर्यता बढ्ने हुन जाने छ । कमजोर नागरिकका कारण देशको उत्पादकत्व,अर्थतन्त्र लगायतमा पार्ने असर आ“क्नै नसक्ने हुन जाने देखिएको छ ।

मानवीय स्वास्थ्यमा जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परिरहेको छ । रोगको प्रकृतिमा पनि परिवर्तन आएको छ । केहीअघि तराइमा मात्र पाइने औलो कालाजार, इन्सेफ्लाइटिस, डेगु रोग उच्च पहाडी ठाउ“मा पनि देखिनु पनि जलवायु परिवर्तनकै प्रभाव हो । त्यस्तै जैविक किटाणुमा पनि औषधि पचाउनसक्ने क्षमता बढेको छ । जलवायु परिवर्तनकै कारण पानीको मुहान र स्रोत सुक्दै गएकाले बढ्दो जनसंख्याले पनि पानीको अभाव झेल्नु परेकाले पनि मानवीय रोग र स्वास्थ्यमा असर परेको छ । जलवायु परिवर्तनकै कारण अस्पतालमा बिरामीको चाप बढेको छ । वृद्धि भएको तापक्रमको कारण मुटु श्वासप्रश्वासजन्य रोग र त्यसका कारण हुने मृत्युदरमा वृद्धि भएको छ ।अक्सफामका अन¬सार सन २०१० मा मौसमसम्बन्धी प्रकोपका कारण ३१ हजारको मृत्यु भएको थियो भने यो संख्या सन २००९ को भन्दा दोब्बर भन्दा बढी थियो । बोलिभियाले भने धनी देशहरुको जलवाय¬ नीतिले ५ लाखको मृत्यृ ह¬ने गरेको बताएको छ । तर नेपालमा जलवायु परिवर्तनको असरबारे खोज अनुसन्धान हुनसकेको छैन ।

विश्वमा जलवायुमा आएको परिवर्तनका कारण विगत एक दसकमा पानीजन्य, किटजन्य सरुवा तथा चोटपटक, मानसिक, पत्थरी, अन्धोपन र कुपोÈण जस्ता नसर्ने रोगहरुको १० देखि १५ गुणासम्म तीव्र बृद्धि भएको पाइन्छ । नेपालमा पनि सन १९९८ देखि २००८ को तुलना गर्दा १० गुणासम्म किटाणुजन्य रोगमा बृद्धि भएको पाइन्छ । नेपालमा विरामी हुनेमा ४५ प्रतिशत कारण सरुवा रोग नै पर्दछ, जुन जलवायु परिवर्तनसंगै दिन प्रतिदिन बढ्दो छ । नसर्ने रोग मानसिक रोग, चोटपटक, मुटुरोग, क्यान्सर, मिर्गाेलाको पत्थरी, अन्धोपना, कुपोÈण र त्यसवाट उत्पन्न जटिलताहरु पनि लगातार बढिरहेका छन् । जर्मन वैज्ञानिककाअनुसार विश्वमा भएको बढ्दो तापक्रमले भविष्यमा जन्मने बच्चाहरुमा रांैको संख्या बढ्ने छ । पुरुÈ रौंमा हुने पुरुÈ क्रोमोजोमले महिलामा हुने रौभन्दा बढी गर्मी सहनसक्छ । तसर्थ अबका बच्चाहरुमा पुरुÈ रौं को मात्रा बढ्ने छ ।
विगतको दशकमा वातावरण संवेदन मानिएका टाइफाइड, रातो आ“उ, हैजा दशौ गुणाले बढेका छन् । सर्पको टोकाइ पनि ५ गुणाले बढेको छ । विÈालु सर्प नपाइने ठाउ“मा विÈालु तथा पहाडमा पनि तराइमा मात्र पाइने गोमन सर्प पाउन थालिएको छ । विहारमा पाइने कालाजार केही बर्È अघिसम्म नेपालको दÔिण Ôेत्र र अहिले उत्तरतिर विस्तार भएको छ ।

उन्मुलनको अवस्थामा रहेको औलो तराइÔेत्रबाट पहाडतिर उक्लेको छ । अहिले मनाङ, मुस्ताङ, काठमाण्डौ र भक्तपुर जिल्लाबाहेक सबै जिल्लामा रहेको छ । हात्तीपाइले रोग ६० बढी जिल्लामा फैलिएको छ । जलवायु परिवर्तनसंगै तापक्रम बढ्दै जा“दा अनुकुल वातावरण बन्दै गएकोले लामखुट्टे विस्तारै पहाडी भेगतिर विस्तार भैसकेको पाइन्छ । तराइमा मात्र देखिने क्युलेक्स जातको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस काठमाण्डौमा सर्न थालेको छ । ८०० मिटरभन्दा अग्लो स्थानमा नपाइने क्युलेक्स जातको लामखुट्टे १३०० मीटर सम्मको उचाइमा पाइन थालेको छ । एडिस एजिप्टी लामखुट्टेबाट सर्ने खतरनाक रोग डेंगु अहिले आएर काठमाण्डौकै वासिन्दामा पनि देखिइसकेको छ । चिकन गुनिया पनि नेपालमा देखिन थालिसकेको छ । घरपालुवा तथा जगंली जनावरको पिसावबाट मानिसको ना∙ो खुट्टा हुदै सर्ने लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखा परिसकेको छ । तराइमा मात्र पाइने लामखुट्टे लगायतका किट र परजीवी पहाड र हिमालतिर पाइँदै छन् । विभिन्न किटजन्य तथा संक्रामक रोगहरु निम्त्याउँदै गइरहेका छन् । नय“ानय“ा स्थानमा नय“ानय“ा रोग र समस्याहरु देखिन थालेका छन् ।

तराई र नदी किनारमा बसोबास गर्ने मानिसमा छालासम्बन्धी समस्या बढेको छ । जीऊ चिलाउने, घाऊ हुने, खटिरा आउने, तातो हावाका कारण बेहोश हुने र मर्ने बढ्दै छन् । तापक्रम बृद्धिको कारण सूर्यको परावैजनी किरणको प्रभाव बढ्दै स्वास्थ्यमा नकारात्मक असर बढ्दो छ । हिमालवासीका अनुहारका छाला डढ्ने, आ“खामा असर परेर मोतियाविन्दु र मोतियाविन्दु भई अन्धोपन हुने संभावना रहने भएकाले भविष्यमा नेपालमा अन्धोपनको संख्या र समस्या धेरै बढ्ने संकेत छ । पहाडी र हिमाली वासिन्दाले पानी कम पिउ“छन । तर जलवायु परिवर्तनको कारण पानीको स्रोतहरु कम हुदै जादै छन् । पानी कम खाने तथा उपलब्धता पनि कम हुने भएपछि पानी अझै कम खाने तर गर्मी बढी हुने, पसिना बढी बग्ने हुँदा शरीरमा पानी कम भै मिर्गाेलाको पत्थरी हुने संभावना बढी हुन्छ । तराईमा शितलहर ३,४ दिन चल्थ्यो तर हाल २,३ हप्तासम्म लम्बिएको छ । शीतलहरको बेला उत्पन्न हुने निमोनिया, डायरिया, श्वासप्रश्वासको समस्या, दिमागको नसा फुटी पÔाघात, उच्च रक्तचाप बढ्ने र भएकोमा झनै बढ्ने र मृत्यृ हुनेको संख्या बढिरहेको छ र भविष्यमा भयानकता लिनेमा दुईमत छैन ।

जलवायु परिवर्तन कै कारण प्राकृतिक प्रकोपहरुमा बृद्धि भएको छ । घटनाले भएको जनसंख्या विस्थापन, धनजनको हानी—नोक्सानीले मानसिक तनाव बृद्धि भएको छ । घाऊ, चोटपटक, मृत्यृ जस्ता समस्याहरु आइरहेका छन् । बाढी प्रकोपपछि देखापर्ने झाडापखाला लगायतका पानीजन्य रोगहरु बढ्छन् । खानपान, स्वास्थ्य संस्था, बाटो ध्वस्त, आवागमनमा अवरोध, दुषीत पानी र सरसफाइमा कमीको कारण पनि स्वास्थ्य समस्या तथा संक्रमण प्रकोपका बेला बढ्छन् जुन जलवायु परिवर्तन संगै दिनप्रतिदिन बढदो छ र महाप्रलयको आशंका पनि छ । पुग नपुग एक लाख पीडित र ४ सयको मृत्यृ भएको कालिकोट, जाजरकोटमा फैलिएको झाडापखाला, चितवनको डेंगु, अन्य स्थानका स्वाइन फ्लु, बर्डफ्लु पनि यसैसंग जोडिएको पान्छ ।
जलवायु परिवर्तनको कारण उत्पन्न हुने नय“ानय“ा स्वास्थ्य समस्या र रोगहरुको नियन्त्रण भविष्यमा झनै चुनौतीपूर्ण हुने भएकाले त्यसको लागि स्वास्थ्यसम्वन्धी नीति, रणनीति, कार्ययोजना र कार्यक्रमहरुमा परिमार्जनको आवश्यकता टड्कारो छ । यद्यपि दातृ निकायहरुको संलग्नतामा नेसनल एडेप्टेसन अफ एक्सन प्लान, पब्लिक हेल्थ रेस्पोन्स कमिटी गठन बनाइए पनि कुनै ठोस काम भने अघि बढेको देखिदैन । यस्तो कहिलेसम्म रहने हो नेपालमा ?

 

(Visited 43 times, 1 visits today)
Loading comments...