बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

विराटनगर विस्फोटमा एक बालकको मृत्यु, एक घाइते (अपडेट)

सुदिप काेइराला
8 months ago
11/01/2019

विराटनगर । विराटनगर १५ स्थित रामजानकि चोकमा शुक्रबार दिउँसो १ बजे बिस्पोट हुँदा एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छ्न । मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा ७ वर्षीय अमित मण्डल रहेका छन् । घटनामा अर्कि ६ वर्षीय राधिकाकुमारी मन्डल गम्भीर घाइते भएकी छन ।

राधिका स्थानीय राजेश मण्डल कि छोरी हुन । घरका छेउमा खेल्दै गरेका बालबालिकालाई एक्कासि भएको बिस्फाेट गम्भीर घाईते बनाएको थियो । घाइते बालकको उपचारका लागि गोल्डेन अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको हो । घाईते बालिकाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेस्ट बताए ।

बिस्फाेट के भएको एकिन नभएपनि मोबाईलको ब्याट्री आगोमा परी बोस्फाेट भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ श्रेष्ठले बताए ।

०००००

विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् ।

घाइते बालिका

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको भनिएपनि प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको प्रमाण फेला नपरेको जनाएको छ ।

(Visited 96 times, 1 visits today)
Loading comments...