मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

अरुण नदीमा पहिलो पटक र्‍याफ्टिङ (फोटोसहित)

भविन कार्की
2 weeks ago
11/01/2019

संखुवासभा । अरुण नदीमा पहिलो पटक जलयात्रा र्‍याफ्टिङ सुरु गरिएको छ । खाँदबारी नगरपालिकाले वडा नम्बर ९ तुम्लिङटारमा याफ्टिङ सुरु गरिएको छ ।

पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामना र्‍याफ्टिङ सुरु गरिएको हो । अरुण नदीमा पर्यटन प्रवद्र्धनका लागि अरुण नदीमा र्‍याफ्टिङ संचालन गरिएको हो । सरकारले देशभरका १ सय वटा नयाँ पर्यटकीय गन्तब्यमा संखुवासभाको अरुण उपत्यका र वालेश्वर समेत राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने गर्री याफ्टिङ संचालन गरिएको अरुण मकालु रिबर साइडका संचालक राजकुमार घिमिरेले जानकारी दिए ।

अरुण नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न अहिले विभिन्न स्थानमा जलयात्रा सञ्चालन भइ रहेको संचालक घिमिरेले बताए । गत बर्ष खाँदबारी–२ चेवाबेशी देखि सुनसरीको चतरा सम्म पहिलो पटक परीक्षणका रुपमा र्‍याफ्टिङ सुरु गरिएको थियो । तर अहिले सफल परीक्षण भएपछि निरन्तर रुपमा र्‍याफ्टिङ संचालन भइरहेको उनले बताए । चेवाबेशी देखि लम्सुवा,मनकामना सम्म र्‍याफ्टिङ संचालन छ ।

नयाँ पर्यटकीय गन्तब्यमा अरुण उपत्यका परेपनि समन्धित निकायले पर्यटन प्रवर्द्धनका लागि केही सहयोग नगरेको संचालक घिमिरेले गुनासो गरे । उनले भने अहिलेको रुटमा चेवाबेशी देखि चतरा पुग्ने ७ स्थानमा ढुङगा भेटिएकाले केही असहज भएको बताए । खाँदबारी–२ को चेवाबेशी , धनकुटाको लेगुवा र छिन्ताङमा भेटिएका ढुङगालाई ब्यवस्थापन गर्र्ने सके तुम्लिङटार देखि धरान ३ घण्टामै पुग्न सकिने संचालक घिमिरेले बताए ।

सरोकारवाला निकायले ध्यान सके पर्यटन प्रवद्र्धनका मात्र नभई जलयातायातमा समेत टेवा पुग्ने देखिन्छ । रुटमा भएको अवरोध हटाउन सके सप्तकोशी चतरामा चल्ने जेटबोर्ड र पानीजहाज संचालनमा ल्याउने सकिने स्थानियको भनाइ छ । जलयातायात संचालनमा आए ८ घण्टाको यात्रा ३ घण्टामै गर्ने सकिने संचालक घिमिरेको भनाइ छ ।

(Visited 189 times, 1 visits today)