बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्यो

7 months ago
11/01/2019

काठमाडौं । सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट खुला गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट चौतर्फी विरोध र दबावपछि शुक्रबारबाट खुला भएको हो ।

रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको अर्यालको भनाइ छ ।

‘अंशवन्डा लगायतका व्यवहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभागलगायतलाई निर्देशन दिएका छौं,’ मन्त्री अर्यालले भनिन्,‘तर खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने पाइँदैन।’

(Visited 245 times, 1 visits today)
Loading comments...