मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

विवकशील साझा पार्टी फुट्यो

राजधानी समाचारदाता
2 weeks ago
11/01/2019

 

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । दुई संयोजक मध्ये एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
३७ सदस्यीय केन्द्रीय समितिमा रहेका मध्ये १६ जना नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएका छन् । रञ्जु दर्शना, प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलगायत रहेका छन् ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले केही दिन अघि मात्रै पार्टी गलत बाटोमा हिँडेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

(Visited 79 times, 1 visits today)