मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

मुआब्जा बिबादले पक्की पुलको काम अलपत्र

प्रद्युम्न उपाध्याय
2 weeks ago
11/01/2019

 

सल्यान । सल्यानमा निर्माणाधिन पक्की पुलको काम अलपत्र परेको छ । जग्गाको मुआव्जा विवादले जिल्लाको पश्चिमी क्षेत्रको सल्लीबजार चौहरजारी सडक खण्डको नाथेखोलामा निमार्णाधिन पक्की पुलको काम अलपत्र परेको हो । हरिहरि गजुरमुखी ठेकेदार कम्पनीले २०७४ पुस मसान्त भित्र काम सक्ने गरेर २ बर्ष अगाडी सम्झौता भएको थियो । तर पुल निर्माणको लागी दुई पटक म्याद थप गर्दा समेत पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । खोलामा पुल निमार्णले आफ्नो खेती योग्य जमिनमा क्षती पुर्याएपछि जग्गाको मुआब्जा दिनुपर्ने स्थानिय लक्ष्मी कामीले बताईन् ।

उनले १० लाख रुपैँया मुआब्जा माग गर्नु गरेकि छिन् । ऐलानी जग्गाको मुआव्जा विवादले पुलको काम वेला—वेलामा रोेकिदा समयमा काम सम्पन गर्न नसकेको ठकेदार हरि वहादुर रावतले बताए । तर मुआव्जा विवाद देखाउँदै ठेकेदारको समेत ढिला सुस्तीले समयमा पुल नवनेको स्थानीयको भनाई छ । समयमा नवन्दा वर्षायाममा सल्ली चौहरजारी सडक वन्द हुने गरेको छ । अहिले ढलानको अन्तिम तयारीमा रहेको पुलको काम अलपत्र परेको छ । ४० मिटर लम्वाईको पुलको ४ करोड ७५ लाख रुपैँयामा सम्झौता भएको थियो ।

(Visited 23 times, 1 visits today)