शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

राजदुत शाक्यलाई चेम्बरको सम्मान

2 months ago
11/01/2019

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । उनलाई चेम्बरका तर्फबाट नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्मानित गरेका थिए । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमरको समेत उपस्थिति थियो ।
कार्यक्रममा डा. शाक्य, ओमर र श्रेष्ठबीच छलफल समेत भएको थियो । छलफलमा राजदूत शाक्यले दुई देशबीचको पारस्परिक हितलाई आफूले महत्वमा राख्ने बताईन् ।
राजदूत बेनी ओमरले नेपालको आर्थिक बिकास र समृद्धिका लागि इजरायलले सक्दो सहयोग गर्ने बताए
नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले नेपाल र इजरायलबीचको सम्बन्धलाई दुई देशको आर्थिक उन्नतीका निम्ति सदुपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

(Visited 27 times, 1 visits today)
Loading comments...