मंगलवार १० आषाढ, २०७६ (Tuesday, 25th June 2019)
१० आषाढ, २०७६ (25 June 2019)

मुस्ताङमा प्रदेशबाट खोलिएका कार्यालयको सेवा शुन्य

सुन्दरकुमार थकाली
6 months ago
11/01/2019
मुस्ताङ। प्रदेश सरकारद्धारा हिमालपारी मुस्ताङमा नया सुरु गरिएका कार्यालयहरुको सेवा शुन्य रहेको छ ।कर्मचारी समायोजन प्रक्रिया तथा कर्मचारी नखटाईदा यी कार्यालय अर्थहिन बनेका हुन्् ।यहा प्रदेशले सुरु गरेका ४ कार्यालयहरुले कहिले देखि गति लिन्छन्् भन्ने टुङ््गो छैन् । खोलिएका कार्यालय खुल्ला छन् ।तर कर्मचारी खटिएका छैनन् ।केवल कार्यालयको साईन बोर्ड मात्र झुन्ड््याईएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा मुस्ताङमा बिभिन्न सवडिभिजन तथा संम्पकं ईकाई कार्यालय खडा गरेको हो।प्रदेश मार्फत सुरु गरिएका कार्यायहरुमा कृषि ज्ञाान केन्द्र ईकाई कार्यालय,जिल्ला डिभिजन बन कार्यालय,पशुसेवा विज्ञ केन्द्र ईकाई र जलश्रोत तथा सिचाई विकास सबडिभिजन कार्यालय छन् । साविक कृषि बिकास कार्यालयमा संञ्चालनमा ल्याईएको कृषि ज्ञान केन्द्रमा एक जना कार्यालय सहयोगी मात्र छन्् ।प्रदेशले म्याग्दी र मुस्ताङलाई समेट््ने गरी ईकाई सुरु गरेको हो।कृषि ज्ञान केन्द्र म्याग्दी कार्यक्षेत्रका वागबानी बिकास अधिकृत भोजबहादुर थापाका अनुसार म्याग्दी र मुस्ताङमा १६ जना कर्मचारी दरबन्दी छ ।उनले म्याग्दीमा जम्मा ६ जना मात्र कर्मचारी रहेको खुलाए ।‘यहा पनि कर्मचारी छैनन्् ,कर्मचारी समायोज भईसकेको छैन,’यहाको कर्मचारीको रिक्त दरबन्दी पुरा नभए सम्म मुस्ताङमा कर्मचारी पठाउन गाहे छ ।’ थापाले भने ।उनले मुस्ताङका लागि ४ जनाको दरबन्दी हुन सक्ने बताए ।उनका अनुसार प्रास ,नाप्रस र कासको दरबन्दी हुने जनाए । प्रदेशले कृषि ज्ञान केन्द्र सुरुवात गरेपनि कृषिको कुनै बैज्ञानिक बिज्ञको उपस्थिती भएको छैन ।दिनभर कार्यालय सहयोगी एक्लैले कार्यालय कुरेर दिन बिताउछन् । हिउदयामको फुर्सदिलो समय कृषि सम्वन्धि ज्ञान आर्जन खोज्न चाहने कृषकले बोर्ड मात्र हेरेर फर्कन बाध्य छन्् ।
जोमसोमका किसान अजित थकालीले मुस्ताङमा कृषि ज्ञान केन्द्र स्थापन हुनु राम्रो सुरुवात भएपनि बिज्ञा सहित अन्य कर्मचारी नहुदा अन्योल बनेको उल्लेख गरे ।उनले प्रदेशले चाडो भन्दा चाडो कर्मचारीको खटन पटन गर्न आवश्यक रहेको सुझा यस्तै,प्रदेश सरकारले सुरु गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको हालत पनि उस्तै छ ।यस कार्यालयमा पुग्दा सेवाग्राहीले एकजना पनि कर्मचारी देख्न पाईन्न ।यसको पनि संम्पर्क कार्यालय पनि म्याग्दीमै छ ।तर कार्यालय उद््घाटन गरिएपनि हाल यसले दिने सेवा भने सुन्य छ ।यहाका किसानले संघीय संरचना लागु भएपछि यहाका किसान सेवाबाट बिमुख भएको स्थानीय पशुपालक किसान अजित थकालीको भनाई छ ।पश्् परामर्श तथा उपचारका लागि कार्यालय पुग्दा सेवाग्राही निरास हुदै फर्कन बाध्य भएको गुरुङले उल्लेख गरे ।‘कार्यालयमा एकजना कर्मचारी छैनन््, साईन बोर्ड झुन्ड््याएर मात्र के फाईदा,’जनतालाई कृषिमा कर लगाउने , सरकारले दिने सेवासुविधा खै ?,सेवा बिहिन रहदा किसानको पीडा कसले बुझ््ने ? ।’
साविकको जिल्ला भूसंरक्षण कार्यालय खारेज गरेर प्रदेश सरकारले जोमसोममा बन डिभिजन कार्यालय स्थापन गरेको ग¥यो ।तर, कार्यालयले बन संरक्षणको अख्तियारी पाएको छैन ।मुस्ताङमा बन कार्यालय पहिलो पटक स्थापना गरिएको हो ।हिमाली जिल्ला मुस्ताङ अन्नपूर्ण संरक्षितक्षेत्र अन्तर्गत पर्दछ ।बन सम्पदा तथा बनको रेखदेख र कार्य अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले गर्ने ईलाका संरक्षणक्षेत्र एक्याप जोमसोमकी बनरेञ्लजर धनु गूरुङले बताईन्् ।संरक्षित क्षेत्र जिल्ला अन्तर्गत मनाङ,मुस्ताङ,कास्की,म्याग्दी र लमजुङ पर्छन्् ।यि जिल्लामा रहेका प्राकृतिक सम्पदा र बनको संरक्षणको जिम्मा एक्यापले नै गर्दै आईरहेको छ ।एक्यापले गर्दे आईरहेको बन संम्वन्धि गतिबिधि हालसम्म एक्याप मातहतमै छ ।तर एक्यापको क्षेत्रअधिकार कटौति नगरि कार्यालय स्थापना भएको हो ।एक्यापका बरिष्ठ प्राकृतिक श्रोत संरक्षण समिति सहायक सुरेश थापाले हाल बनको रेखदेख एक्यापले नै गर्ने बताए ।‘एक्यापको बन हेर्ने क्षेत्रअधिकार कटौति भएको छैन,बन कार्यालय यहा स्थापना भएको छ,’उनले भने,‘प्रदेशले बनको अख्तियार बन कार्यालय दिएको पत्र आए ,हामी पछि हट््छौ ,अहिले सम्म संरक्षित क्षेत्रका बनहरु एक्यापकै निगरानी छ।’
पहिलो पल्ट बन कार्यालय स्थापना भएपनि यस कार्यालयमा नत कार्यालयलाई कामको अख्तियारनै छ ,नत काम गर्ने कर्मचारीनै छन्् ।दरबन्दी अनुसार कर्मचारी नहुनु कार्यालयकै बिडम्बना बनेको हो ।हाल बन कार्यालयमा २ जना मात्र कर्मचारी छन्् ,तर ,गतिबिधि सुन्य छ।यस्तै,प्रदेश सरकार मार्फत स्थापना भएको जलश्रोत तथा सिचाई बिकास सव डिभिजन कार्यालयको हालत पनि उस्तै छ ।यहा पनि २ जना मात्र कर्मचारी छन्् ।यसअघि संघीय सरकारले संञ्चालन गर्दै आईरहेको सिचाई कार्यालय जोडेर प्रदेश सरकारले जलश्रोत थपेको हो ।तर,यस कार्यालयलाई भने चालुवर्ष ८ करोड बढी बजेट बिनियोजन भएको कार्यालयले जनाएको छ ।गत भदौ महिनामा गएको बाढी पहिरो तथा सिचाईका कामहरु अघि बढेको कार्यालयले जनाएको छ ।यस्तै,प्रदेश सरकारद्धारा संञ्चालन भईरहेको जिल्ला अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा पनि आवश्यकता अनुसारको दरबन्दी अपुग भएको पाईएको छ ।

 

(Visited 50 times, 1 visits today)
Loading comments...